काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौं क्षेत्र नम्बर ८ र ९ बाट पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिको नाम सिफारिस गरेको छ । काठमाडौं जिल्ला समितिका अनुसार काठमाडौं क्षेत्र नम्बर ८ र ९ बाट सुमन सायमिलाई २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनाउन सिफारिस गरिएको हो । यही क्रममा काठमाडौं क्षेत्र नम्बर–७ बाट पार्टीका केन्द्रीय प्रवक्ता रविन्द्रकुमार श्रेष्ठको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको छ । दुवै नेताहरू संगठन विस्तार र जनआन्दोलनमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्व भएको सो पार्टीले जनाएको छ ।
सुमन सायमि प्रतिनिधिसभा चुनावका लागि काठमाडौं ८ र ९ बाट सिफारिस





