कीर्तिपुर । नेपालको गौरव कीर्तिपुरको शान असेन महर्जनले अन्तर्राष्ट्रिय सफलता हासिल गरी नेपालको नाम उच्च राखेको छ ।
कीर्तिपुर नगरपालिका ९ वडा नगाउँ निवासी असेन महर्जनले हालै भएको प्रतिष्ठित ‘‘वर्ल्ड पावरलिफ्टिङ्ग श्रीलंका’ खेल प्रतियोगितामा सहभागिता जनाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमै अद्भूत प्रदर्शन गर्दै नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा उच्च स्थानमा राख्न सफल भएका छन्
असेन महर्जनले कडा प्रतिस्पर्धाका साथ बेञ्च अन्लीमा दोस्रो स्थानका साथ रजत पदक प्राप्त गरेका छन् भने यस्तै यू ७७ क्याटागोरीमा पनि दोस्रो स्थानका साथ अर्को रजत पदक प्राप्त गर्न सफल भएका छन् ।
असेन महर्जनको उत्कृष्ट प्रदर्शनले असेनको खेलप्रति समर्पण, मेहनत र अनुशासनको निख्खरतालाई उजागर गरेको छ भने एरोको फिट्नेस एवं समस्त नेपाली टोलीको साथ, विश्वास एवं सहयोगबाट असेनको सफलतामा महत्वपूर्ण भूमिका खेलेको छ ।
असेन महर्जनको गौरवमय जितको अवसरमा असेनलाई बधाई दिने संघसंस्थाहरुको ओइरो लागेको छ भने असेनका साथ नेपाली टोलीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गरेको अद्वितीय प्रतिभालाई सिंगो राष्ट्रले सम्मान पनि गरेको छ ।
असेन महर्जनले प्राप्त गरेको उपलब्धीले केवल नेपाल मात्र नभई असेनको जन्मथलो कीर्तिपुर एवं समस्त कीर्तिपुरका विभिन्न समुदायले भित्री हृदयदेखि गौरवान्वित भएको विचारहरु उजागर गरेको छ ।
असेन महर्जन कीर्तिपुर नगरपालिका ९ वडाका पूर्व वडाध्यक्ष गंगाराम महर्जनका सुपुत्र हुन् ।





