12 C
Kirtipur
Saturday, December 27, 2025

ब्ल्याक बक्स फेला : टर्कीमा दुर्घटनाग्रस्त विमानको हायमाना,

Must read

टर्की ।

टर्कीका अधिकारीहरूले टर्कीको राजधानी अङ्काराबाट उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको निजी विमानको ब्ल्याक बक्स फेला पारेका छन् । उक्त दुर्घटनामा लिबियाली सशस्त्र बलका प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हद्दादसहित उनका चार सहयोगीको मृत्यु भएको छ । फाल्कन ५० विमानले विद्युतीय प्रणालीमा समस्या आएको भन्दै आपतकालीन अवतरणको अनुरोध गरेपछि सम्पर्क विच्छेद भएको थियो । विमान त्रिपोली फर्कँदै गर्दा अङ्कारा नजिकैको हायमाना जिल्लामा खसेको हो । टर्कीएका गृहमन्त्री अली येरलिकायाका अनुसार भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर दुवै फेला परिसकेको छ र तिनको परीक्षण प्रक्रिया सुरु गरिएको छ । विमानमा तीन जना चालक दलसहित कूल आठ जना सवार थिए । जनरल हद्दाद टर्कीका सैनिक अधिकारीहरूसँग वार्ता सकेर स्वदेश फर्किरहेका थिए । घटनापछि २२ सदस्यीय लिबियाली प्रतिनिधिमण्डल अङ्कारा पुगेको छ भने मृतकका शवहरू दुर्घटनास्थलमै राखिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article