12 C
Kirtipur
Saturday, December 27, 2025

संसद पुनःस्थापनाको पक्षमा गगन पक्षका पूर्वसांसदले गरेनन् हस्ताक्षर

Must read

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले विघटित प्रतिनिधि सभा पुनस्र्थापनाको मागसहितको पुरक रिटमा हस्ताक्षर गरेका छैनन् । विघटित संसद् पुनर्बहालीको मागका लागि बहुमत सदस्य पु¥याउनका लागि कांग्रेसमा हस्ताक्षर संकलन गरिएको थियो । कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेले ६५ बढी पूर्व सांसदको हस्ताक्षर गर्ने दाबी गरेका थिए । बहुमतका लागि १३८ सांसद आवश्यक पर्दछ । सभापति शेरबहादुर देउवा पक्षका सबैजसो पूर्वसांसदले हस्ताक्षर गरेका छन् । तर, देउवा र उनकी पत्नी आरजु राणाले भने संसद् पुनस्र्थापनाको पक्षमा हस्ताक्षर गरेका छैनन् । महामन्त्री गगन पक्षका पूर्वसांसदहरुले हस्ताक्षर गरेका छैनन् । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा, पूर्वसांसदहरू अर्जुननरसिंह केसी, प्रदीप पौडेल, लिला बोखिम (लिम्बू), प्रतिमा गौतम, सपना राजभण्डारी, मुक्ताकुमारी यादव, सीता मिजारलगायतले हस्ताक्षर गरेका छैनन् । प्रतिनिधि सभा पुनस्र्थापनाको विपक्षमा रहेका नेता अर्जुननरसिंह केसीले संसद् ब्युँतिनु समस्याको समाधान नभएको बताए । केसीले भनेका छन्, ‘संसद् पुनस्र्थापना समाधान होइन । पार्टीले चुनावमा जाने भनेर निर्णय गरिसकेको छ । मैले पुनस्र्थापनाको पक्षमा हस्ताक्षर गरिनँ । जुन साथीहरूले हस्ताक्षर गर्नुभयो व्यक्तिगत रुपमा गर्नुभयो ।’ कार्यवाहक सभापति पूर्णबहादुुर खड्का र उपसभापति धनराज गुरुङले पनि हस्ताक्षर गरेका छैनन् । संस्थापनइतरका नेता डा. शेखर कोइरालाले पनि पुनस्र्थापनाको पक्षमा हस्ताक्षर गरेनन् । उनी पक्षीय पूर्वसांसदहरू अधिकांशले भने हस्ताक्षर गरेका छन् । कोइराला पक्षका पूर्वसांसद हृदयराम थानीले संसद् पुनस्र्थापनाको मागमा आफू सहमत नभएको बताए । थानीले भने, ‘म गर्दिन भनिदिएको छु । जे जे गर्नुपर्छ तपाईँहरू गर्नुस् भनिदिएको छु । फ्रेस म्याण्डेटमै जानुपर्छ भन्ने मेरो विचार हो ।’ संस्थापनइतरकै पूर्वसांसद सुरेन्द्रराज आचार्य पनि हस्ताक्षर गरेका छैनन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article