17 C
Kirtipur
Thursday, November 27, 2025

आज बुधबार एनपीएल ः चितवन राइनोज र विराटनगर किंग्सको भिडन्त

Must read


काठमाडौं ।

आज बुधबार हुने नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गतको खेलमा विराटनगर किंग्स र चितवन राइनोजको भिडन्त हुने भएको छ । कीर्तिपुर क्रिकेट मैदानमा हुने खेल आज बुधबार दिउँसो ४ बजे शुरू हुनेछ ।

एनपीएल अन्तर्गत सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स जारी प्रतियोगितामा अपराजित टोली मध्येको एक टोली हो । विराटनगर तीन खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै प्रतियोगिताको सुरुवात गरेको विराटनगरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ५ विकेट र तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको थियो ।

यस्तै चितवन राइनोज भने आज बुधबार दोस्रो जितको खोजीमा रहेको छ । यसअघिको दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको चितवन दुई अंकको साथ तालिकाको पाँचौं स्थानमा रहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article