काठमाडौं । आज शुक्रबार अपरान्ह ४ बजे कीर्तिपुर क्रिकेट मैदानमा जारी सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) त्रिकेटमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सको भिडन्त हुँदैछ ।
आज शुक्रबारको खेल अति महत्वपूर्ण हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेलमा लुम्बिनी लायन्सले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरिने छन् ।
यस्तै साविक बिजेता जनकपुरले यस सिजन हालसम्म भएका पाँच खेलबाट दुई अंक मात्र पाएको छ ।
विहीबारको खेलमा शाहब आलमको ह्याट्रिकसहित ६ विकेटको शानदार बलिङमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई हराएर प्लेअफमा पुगेको छ ।
लगातार ६ खेल जितेको सुदूरपश्चिम रोयल्स शीर्षस्थानमै रहेर पहिलो क्वालिफायर खेल्ने पक्का भइसकेको छ ।





