15 C
Kirtipur
Tuesday, October 14, 2025

बरिष्ठ अधिवक्ता न्यौपानेको ठोकुवा : “प्रचण्डलाई एक हप्ता अगाडि नै थाहा थियो सिंहदरबार जल्दैछ भन्ने कुरा”

Must read

काठमाडौं – जेन–जी आन्दोलन नेपालको इतिहासमा सबैभन्दा ठूलो आन्दोलन भए पनि सम्झौतामै सकिएको टिप्पणी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले गरेका छन् ।

वरिष्ठ अधिवक्ता न्यौपानेले जेन–जी आन्दोलन पनि २००७ सालको आन्दोलन, ०४६ सालको आन्दोलन र २०६२÷०६३ को आन्दोलन जस्तै सम्झौतामै समाप्त भएको र यसले कही थान मानिसहरुलाई मन्त्री बनाउने भन्दा बाहेक अरु केही गर्न नसक्ने बताएका छन् ।

वरिष्ठ अधिवक्ता न्यौपानेले प्रश्न गर्दै भनेका छन्, ‘नेपालको आन्दोलनको इतिहासमा सबैभन्दा ठूला आन्दोलन जेन–जी आन्दोलन हो । तर, नेपालको सबै आन्दोलन सम्झौतामा समाप्त भए । २००७ सालको आन्दोलन सम्झौतामा समाप्त भयो, हाम्रो कोशी नदी गयो । २०४६ सालको आन्दोलन सम्झौतामा समाप्त भयो । हाम्रो महाकाली नदी र टनकपुर गयो । २०६२÷०६३ सालको आन्दोलन सम्झौतामा समाप्त भयो । हाम्रा नेपालका जलस्रोत कुनै पनि रहेनन् । अब अहिलेको आन्दोलन पनि सम्झौतामा टुङ्गियो । हरेक आन्दोलनमा व्यवस्था परिवर्तन भयो । सबैभन्दा ठूलो आन्दोलनमा यो काम नलाग्ने व्यवस्था किन परिवर्तन भएन ? यही थियो त जनताको माग ?’

लोकतन्त्रको अनुहार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा राखेको सुन र पैसा, प्रचण्डको घरमा भएको ढिकुटी र केपी शर्मा ओलीको घरमाा भएको सुनको हात्तीले देखाएको वरिष्ठ अधिवक्ता न्यौपानेले बताएका छन् । जेन–जी आन्दोलन हाइज्याक भएको दाबी पनि न्यौपानेले गरेको छ ।

न्यौपानेले भनेका छन्, ‘यो आन्दोलन हाइज्याक भयो । यत्तिका लागि होइन । अब फागुन २१ गते निर्वाचन हुन्छ । केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्डले जित्छन् । हात्ति आयो, हात्ति आयो फुस्स । के भयो त ? एनजीओ चलाउने मान्छेहरु मन्त्री भए ।’

वरिष्ठ अधिवक्ता न्यौपानेले २०६२÷०६३ पछिको राज्य प्रणाली तासको घरजस्तो भएको टिप्पणी गरे । साथै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सिंहदरबार जल्दैछ भन्ने कुरा एक हप्ता अगाडि नै जानकारी रहेको उनको दाबी छ । वरिष्ठ अधिवक्ता न्यौपाानेले जेन–जी आन्दोलनका क्रममा काठमाडौं महानगरपालिका र त्यसका प्रमुख बालेन्द्र शाहको भूमिकामाथि पनि प्रश्न उठाएका छन् ।

वरिष्ठ अधिवक्ता न्यौपाने भन्छन्, ‘पुष्पकमल दाहाललाई एक हप्ता अगाडि सिंहदरबार जल्दैछ भन्ने कसरी थाहा भयो ? यहाँ ठूल–ठूला घटना घट्दैछन्, केपी शर्मा ओलीले सरकार छाड्दैछन् भन्ने कसरी थाहा भयो ? अनि बालेनले सिंहदरबार जलाई दिन्छु भनेको किन सिंहदरबार डढ्यो ? यत्रो आगजनी हुँदा नगरपालिकाका दमकल किन आउँदैनन् ? आन्दोलनकारी पनि एउटै, दमकलको मालिक पनि एउटै । उहाँहरुलाई यो देश समाप्त पार्नु थियो ।’

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article