वर्षाका कारण चोभारमा हुने भनिएको जोन चाम्लिङ राईको कन्सर्ट स्थगित
कीर्तिपुर – आज भाद्र ७ गते शनिबार चोभारको फुटबल ग्राउण्डमा हुने भनिएको जोन चाम्लिङ राईको कन्सर्ट कार्यक्रम स्थगित गरिएको छ ।
कीर्तिपुर नगरपालिका ६ वडास्ति चोभारको फुटबल ग्राउण्डमा आज भाद्र ७ गते शनिबार अगष्ट २३ तारिखका दिन कीर्तिपुर म्यूजिक फेष्ट कन्सर्ट कार्यक्रमको भव्य रुपमा प्रचारप्रसार गरिएको थियो । साथैं अधिकांश टिकट पनि विक्रि भइसकेको थियो । तर, कन्सर्ट हुने मैदान वर्षातका कारण हिलाम्मे भएकोले उक्त कन्सर्ट स्थगित गर्नु परेको जानकारी आयोजक पक्षले दिएको छ ।
आयोजक पक्षका अनुसार आज शनिबार हुने भनिएको कीर्तिपुर म्यूजिक फेष्ट जोन चाम्लिङ राईको कन्सर्ट कार्यक्रम सम्भवतः केहि दिन पछि मात्र शो गरिने सम्भावना रहेको छ ।
हाल युवा जमातमा चर्चित गायक जोन चाम्लिङ राई एण्ड दि लोकल्सका साथ समीर श्रेष्ठ एण्ड एफटी गुड ब्वाइज, द टेम्पटेशन ब्याण्ड, हुलाकी एवं डिजे प्रज्ज्वलको धमाकेदार प्रस्तुति उक्त कीर्तिपुर म्यूजिक फेष्ट कन्सर्टमा हुनेछ ।
अब स्थगित भएको उक्त कीर्तिपुर म्यूजिक फेष्ट कन्सर्टको टिकट खरिद गरिसकेका दर्शकहरुले केहि दिनसम्म कुर्नु पर्नेछ ।