15 C
Kirtipur
Tuesday, October 14, 2025

ओली–देउवा–प्रचण्डका कारण देश यो अवस्थामा पुग्यो ः राजनीतिक विश्लेषक प्रा. कृष्ण खनाल

Must read

काठमाडौं – देश यो अवस्थामा पुग्नुको जिम्मेवारी केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिनुपर्ने राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण खनालले बताएका छन् । प्रा. खनालले यो बीचमा प्रधानमन्त्री भएकाहरु कुनै न कुनै रुपमा दोषी भए पनि सबैभन्दा बढी जिम्मेवार ओली, देउवा र प्रचण्ड रहेको बताएका हुन् । प्रा. खनाल भन्छन्, ‘यो बीचमा जति पनि प्रधानमन्त्री भए, ती सबै कुनै न कुनै रुपबाट दोषी छन् । सबैभन्दा बढी दोषीको रुपमा हामीले तीन जनाको नाम लिनुपर्छ । कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष प्रचण्ड । तीन जनाले प्रमुख जिम्मेवारी लिनुपर्छ ।’ राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण खनालले देशमा भएका ठूला–ठूला घोटलामा समेत सबै मिलिभगत रहेको दाबी गरेका छन् । जेन–जी नवयुवाहरुले ती घोटला र अनियमिततालाई विद्रोहमा उतारको खनालले बताए । प्रा. खनालले अब देउवा, ओली र प्रचण्डको जनताको नेता भएर बस्ने बाटो बन्द भएको बताए । कसैले पनि यी नेताहरुलाई राम्रो नभनेको उनको टिप्पणी छ । अब उनीहरुले नेतृत्व छोड्न तयार नभए पनि जनताले छुटाइदिइसकेको उनले बताए । राजनीतिक विश्लेषक एवं प्राध्यापक खनाल भन्छन्, ‘उहाँहरुले नेतृत्व नछोडेर के गर्ने ? जनताले छुटाइदिइसके । आफैंले पालन पोषण गरेका कार्यकर्ताको मात्रै नेता भएर बस्ने हो भने बेग्लै कुरा हो । होइन जनताको नेता हुने हो भने त त्यो बाटो त सकियो उहाँहरुको ।’

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article