काठमाडौं ।
कीर्तिपुर नगरपालिका १० वडास्थित अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग –एनपीएल) अन्तर्गत आज बुधबार अपरान्ह ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच भिडन्त हुँदैछ । एनपीएल खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सले पाँच खेलबाट ८ अंक जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनी लायन्सले पाँच खेलमा दुई मात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आज बुधबारको खेल जित्नै पर्ने दबाब रहेको छ ।





