18.7 C
Kirtipur
Tuesday, September 16, 2025

नेपालकोतामाङ समुदायहरुमाऔषधीय वनस्पति प्रयोगको नतिजा र परिचय

Must read

सुमन तामाङ
शैक्षिक पृष्ठभूमि: कृषिमा स्नातकोत्तर / कृषि-वनस्पति विज्ञान तथा पारिस्थितिकी विभाग, IAAS, TU, कीर्तिपु

नेपाल एक बहुजातिय, बहुभाषिक र बहुसाँस्कृतिक राष्ट्र हो, जहाँ विविधतायुक्त भौगोलिक परिवेशमा विभिन्न जातजाती वसोवास गर्छन् । थारु, चेपाङ, दराई, बोटे, बरामो, राउटे, थामी, आदि प्रतिनिधिमुलक लोपोन्मुख एवम् सिमान्तकृत समुदायहरु हुन जसले वनजङ्गलसँग नजिक रहेर आफ्ना दैनिक आवश्यकताहरु पूर्तिगर्ने गर्छन्। यस्तै समुदाय मध्ये प्रकृति निकटतम रहेर आफ्नो परम्परागत ज्ञान, सीप, कला र अनुभवको प्रयोग गरी वनसपति लगायत प्राकृतिक साधनस्रोतको उपयोग गरी जीवनयापन गर्ने तामाङ जाति सिमन्तकृत जनजाति भित्र पर्दछ। संघीय राजधानी काठमाडौवरपर वसोवास गर्ने यी जातिले सदियौंदेखि नै वासस्थान नजिककावनजंगलमा पाइनेविविध खाले बोटबिरुवाहरुलाई प्राथमिक देखि जटिल स्वस्थ्योपचारका लागि उपयोग गर्दै आएका छन्।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वरा वर्गिकरण गरिएका ६० जनजाती मध्येका मुख्यतय संघीय राजधानी काठमाडौ परिसरमा वासस्थान भएका तामाङ समुदायहरुमा औषधीय वनस्पतिहरुको प्रयोग सम्बन्धी प्रचुर मात्रमा परम्परागत ज्ञान र सीप रहेको तथ्य  विभिन्न अध्ययन तथाअनुसन्धानले देखाएका छन्। पर्यवरणसँग नजिक रहीसिङ्गो प्रकृतीलाई नै जोगाउनमा अहम भूमिकाखेल्ने यी तामाङ जातिका लागि वनस्पतीहरुको उपयोगिता अनगिन्ती क्षेत्रमा रहेता पनि  आजमैले पश्चिमी चिकित्सा पद्दतिको विकल्पको रुपमा रहेको आयूरवेदिक तथा प्राकृतिक चिकित्सा प्राणालीमा प्रत्यक्ष महत्व राख्ने र घरेलु उपचार विधिको आधारस्तम्भाको रुपमा रहने औषधीजन्य बोटबिरुवाको बारेमा चर्च गर्नेछु। तामाङ जातिले विविध प्रकारको बिमार  तथा रोग व्याधि निर्मुल पार्न आफ्नो परम्परागत ज्ञान र अनुभव प्रयोग  गरी धेरै थरी बोटबिरुवा तथा जडिबुटी प्रयोग कसरी गरिरहेका छन् भन्ने विषयमा धेरै अध्ययन तथा अनुसन्धान भइसकेका छन्। तसर्थ, आज म यहाँ ती खोज र अनुसन्धानलाई आधार बनाई  विभिन्न भौगोलिक अवस्थितिहरुमा रहेका तामाङ समुदायमा औषधीय बोटबरुवाहरुमा भएका अध्ययनहरुको नतिजा प्रस्तुत गर्न गइरहेको छुः

विषयवस्तु

क. चिरायतो(Swertia chirayita):सुवेदी, इ., र कार्की, टि. बि. (२०१८) का अनुसार, चिरायतोलाई रसुवा र सिन्धुपाल्चोक जस्ता हिमाली जिल्लाका तामाङ समुदायले प्राथमिक औषधिको रुपम प्रयोग गर्दै आएका छन्। स्थानीय नाम च्यरुङ्/च्यरी रहेको यस वनस्पतिलाई औषधीय रुपमा प्रयोग गरिन्छ। यस वनस्पतिको लामो थुङ्गा, पात र जरा लगायतका भागलाई परम्परागत रुपमा ज्वरो, मलेरिया, टाइफाइड, कलेजो सम्बन्धी रोग, तथा पाचनतन्त्र सफा गर्न प्रयोग गरिन्छ। यसलाई पानीमा उमाली त्यसको रस वा धुलो बनाइ सेवन गरिन्छ।

ख. सत्तुवा (Paris polyphylla): स्थानीय नामथाक्वारहेको यो वनस्पतिलाई मकवानपुर र दोलखाका तामाङ समुदायलेउच्च मूल्यको जडिबुटीको रूपमा प्रयोग गर्दै आएका छन। सत्तुवाको मुख्य औषधीय अङ्ग यसको जरा हो, जुन पिसेर धुलो बनाइन्छ।यसको प्रयोग परम्परागत रूपमा घाउ, फोका, सुजन, चर्म रोग, तथा क्यान्सर जस्ता गम्भीर रोगहरूको प्राथमिक उपचारका लागि गरिन्छ। केही समुदायहरूमा सुत्केरी महिलालाई पुनः स्वास्थ्य लाभ दिलाउन सत्तुवाको धुलो दूध वा झोलसँग मिसाएर पनि दिइन्छ। वा एन्टी-इन्फ्लेमेटरी र एन्टी-क्यरासस गुण पाटी यसको प्रयोगको मात्रा र विधिमा अनभिज्ञता हुँदा नकारात्मक असर पनि देखिने भएकाले यो अनुभवी वैद्यको सल्लाहमा मात्र प्रयोग गरिन्छ,क्षेत्री, म. सि., तिमिल्सिना, य. पि., त्रिपाठी, ह. पि., र देवकोटा, क. पि. (२०१३) ।

ग. पाखनवेद (Bergenia ciliata): पाखनवेदलाई, जसलाई नुवाकोट र काभ्रेपलाञ्चोकका तामाङ समुदायमा ‘हेमचो’ भनेर चिनिन्छ, मूत्र प्रणालीसँग सम्बन्धित रोगहरूको प्रभावकारी घरेलु उपचारमा प्रयोग गरिन्छ। यसको जरामा पाइने जैविक तत्वहरूले पिसाबको संक्रमण, किड्नीको पत्थरी, तथा मृगौलाको कमजोरीलाई कम गर्न सहयोग गर्दछ।शरीरमा तातोपन घटाउने र विषाक्त पदार्थ निकाल्ने औषधिय गुण रहेको यस वनस्पतिकोपछिल्लो समय औषधि उद्योगमा समेत प्रयोग हुन थालेको छ, विशेष गरी युरिनरी ट्याक्ट इन्फेक्सन (UTI) का लागि बनाइने आयुर्वेदिक औषधिहरूमा यसको प्रयोग बढ्दो छ, वाग्ले, पि., ताम्रकार, बि., श्रेष्ठ, सि., र गौतम, एल. एन. (२०१६)।घ.सर्पगन्धा (Rauvolfia serpentina):सर्पगन्धा, जसलाई तामाङ समुदायले नागघा वा जरा भनेर चिन्ने गर्छन्, उच्च रक्तचाप नियन्त्रण गर्ने प्रमुख जडीबुटी हो। यसको जरा काँढा(उमाली बनइएको झोल) बनाई वा धुलोको रूपमा प्रयोग गरिन्छ। यस वनस्पतिमा ‘रेसर्पिन’ नामक सक्रिय तत्व पाइन्छ, जसले मस्तिष्कलाई शान्त बनाउने र तनाव कम गर्ने कार्य गर्दछ। यसैले गर्दा निद्रामा समस्या भएका, तनावयुक्त मानिसहरूले सर्पगन्धा प्रयोग गर्ने परम्परा छ। परम्परागत वैद्यहरूले यसलाई पागलपन, हिस्टेरिया, अनिद्रा, तथा उच्च रक्तचापका बिरामीहरूलाई दिन्थे। आधुनिक अनुसन्धानहरूले पनि यसकोप्रभावकारिता प्रमाणित गरेका छन्, यद्यपि सर्पगन्धाको प्रयोग सीमित मात्रा र सावधानीपूर्वक गर्नुपर्ने सल्लाह दिइन्छ, भट्टराई, सि., र खड्का, सि. (२००९)।

ङ. करिलो (Asparagus racemosus):वाग्ले, पि., ताम्रकार, बि., श्रेष्ठ, सि., र गौतम, एल. एन. (२०१६) का अनुसार, कुरिलो, स्थानीय रूपमा पिपला वा स्याङमा भनेर चिनिने यो वनस्पति, स्तनपान गराउने महिलाहरूको लागि विशेष लाभदायक मानिन्छ। यसको जरा स्तनपान बढाउन एवम् पाचन प्रणाली बलियो बनाउना प्रयोग गरिन्छ। तामाङ समुदायमा यो जडीबुटीको काँढा(उमाली बनाइएको झोल) बनाई सेवन गर्ने परम्परा छ। यसलाई महिलाको स्वास्थ्य, विशेष गरी प्रसूति पछिको स्वास्थ्य सुधारमा उपयोगी मानिन्छ। यसमा एन्टिअक्सिडेन्ट र इम्युनिटी बूस्ट गर्ने गुण हुन्छन्।

माथि उल्लेखित वनस्पतिहरु प्रतिनिधिमुलक मात्र भएको कारणले गर्दा थोरै संख्या हुन गयो। यी वोटविरुवाहरुका अलावा अन्य धेरै थरी वनस्पतिहरु छन, जसलाई विभिन्न खाले रोगको निधान गर्न औषधिको रुपमा सजिलै प्रयोगमा ल्याउन सकिन्छ। उदाहरणका लागि,गुर्जो ( (Tinospora cordifolia),को हाँगाउमाली झोल सेवन गर्नाले ज्चरो निको पार्नुका साथै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि हुन्छ। त्यसैगरी हिमाली भेगमा पाइने जडिबटीको राजा मानिने यार्सागुम्बा (Ophiocordyceps sinensisलाई चपाएर, धुलो बनाएर नुन सँग मिसाएर वा दुधसँग मिसाएर सेवन गरेमा यौन शक्ति वृद्धि हुन्छ।टिमुर (Zanthoxylum armatum) बोझो (Acorus calamus),काफल (Myrica esculenta), आदि पनि औषधीय रुपमा महत्वपुर्ण वनस्पतिहरु हुन जसका विभिन्न भागहरु वा सम्पुर्ण भागलाई धेरै विधिबाट सेवन गर्नले धेरै खाले रोगव्याधिको निधान गर्न सकिन्छ।

निष्कर्ष र भावीमार्गचित्र

यसरी नेपालका तामाङ समुदायहरुमा रहिआएका परम्परागत ज्ञान तथा अनुभवले औषधीय गुण भएका आदिवासी जनजातिय वनस्पतिहरुको(Ethnobotanical Plants) प्रयोग मार्फत शारिरीक तथा मानसिक विकारहरुको निराकरण गर्नमा अहम भुमिका निर्वाह गर्दछ। त्यसैले यस्ता ज्ञान तथा अनुभवलाई कुनै एउटा निस्चित समुदाय वा भूगोलमा मात्र सिमित राख्दा परम्परागत ज्ञान, सीप र अनुभव लोप हुने खतरा बढ्ने हुनाले त्यस्तो हुन नदिन व्याक्ति, समाज र सिँगो राष्ट्र नै एक भई यी वनस्पतिहरु र यी सँग जोडिएका परम्परागत ज्ञान र सिपको दस्तावेजीकरण गरी यिनको संरक्षण, सम्बर्ध्दन, र प्रबर्ध्दन गर्नु आजको आवश्यक्ता हो।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article