21.6 C
Kirtipur
Tuesday, September 16, 2025

विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा कैलालीबाट तीन जना गिरफ्तार

Must read

काठमाडौं /प्रहरीले विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा कैलालीबाट तीन जनालाई गिरफ्तार गरेको छ । टीकापुर नगरपालिका– १ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका–९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका– १ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाललाई गिरफ्तार गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिएका छन् ।

धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या गरेको आरोपमा उनीहरु गिरफ्तारीमा परेका हुन् । उनीहरुविरुद्ध शिक्षकका परिवारले विष खुवाएर हत्या गरेको उल्लेख गरी जाहेरी दिएपछि अनुसन्धानका लागि उनीहरूलाई गिरफ्तार गरिएको डीएसपी सिंहले बताएका छन् ।

शिक्षक जगदीश पन्त जानकी गाउँपालिका–४ को मनुवामा रहेको जनता माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए । शनिबार दिउँसो उनको शंकास्पद मृत्यु भएको थियो ।

टीकापुर नगरपालिका–१ को मुनुवा रोडमा रहेको लोकल स्टेशन कटेजमा खाजा खाने बेला बेहोस भएको भन्दै उनीसँगै रहेका साथीहरूले टीकापुर अस्पताल पुगाएका थिए । तर, चिकित्सकले मृत घोषणा गरे ।

शिक्षक पन्तलाई विष खुवाएको आरोपमा तिनै साथीहरू गिरफ्तारीमा परेका हुन् । उनीहरूलाई नियन्त्रणमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article