19.3 C
Kirtipur
Tuesday, September 16, 2025

जेन–जीको प्रदर्शनमा कीर्तिपुरका निक मगर घाइते, कीर्तिपुर अस्पतालमा उपचार गरिदै

Must read

कीर्तिपुर – सोमबार भएको जेन–जीको प्रदर्शनमा कीर्तिपुर नगरपालिका २ वडा ट्यांगलाफाँट बस्ने ३३ वर्षीय निक मगर घाइते भएका छन् ।

मगरको दाइने कम्मरमा घाउ चोट लागेको छ भने पेटमा बुलेट छिरेको छ ।

हाल घाइते मगरको कीर्तिपुर वोन अस्पतालमो आकस्मिक कक्षमा राखी उपचार भइरहेको छ ।

घाइते मगरलाई ट्रमा सेन्टरबाट कीर्तिपुर बोन अस्पतालमा रिफर गरिएको हो ।

जेन–जी (सन् १९९७ देखि सन् २०१२ को समयसम्म जन्मेका) बच्चाहरुले सोमबार देशमा उथलपुथल भइरहेको भ्रष्टाचार एवं सामाजिक संजालमाथि गरिएको प्रतिबन्धको विरोधमा स्वःस्फूर्त नयाँबानेश्वर संसद भवन अगाडि प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनमा प्रहरीले लाठीचार्ज, रबर गोली एवं अन्य गोली प्रहार गरिएको थियो

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article