21.6 C
Kirtipur
Tuesday, September 16, 2025

खन्ती प्रहार गरी छोराले गरे आमाको हत्या

Must read

काभ्रेपलाञ्चोक – छोराले आमाको हत्या गरेका छन् सिन्धुलीको दुधौली नगरपालिका–१४ भौडीमा । हत्यारा छोराले खाडल खन्न प्रयोग गरिने धारिलो औजार हतियार खन्तीले हानेर आमाको हत्या गरेका हुन् ।

काभ्रे पलाञ्चोक जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार, दुधौली नगरपालिका १४ भौडीका ४० वर्षीय तुलाराज सुनुवारले ६५ वर्षीया आमा फाल कुमारीको हत्या गरेका हुन् । फलामको खन्तीले टाउको र छातिमा हानेर हत्या गरिएको जिल्ला प्रहरी प्रमुख सुवेदीले जानकारी दिए ।

घरायसी विषयमा विवाद हुँदा छोराले आमालाई खन्तीले प्रहार गरेका थिए । आमा फाल कुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या गरेर भाग्दै गरेका तुलाराजलाई दुधौलीबाट खटिएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएको थियो । थप अनुशन्धानको लागि इ‍लाका प्रहरी कार्यालय डकाहा बाट प्रहरी निरीक्षक सिमोन धितालको कमाण्डमा टोली अनुसन्धानको लागि खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article