काठमाडौं/काठमाडौं जिल्ला प्रहरी परिसरले सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई टोखाबाट गिरफ्तार गरेको छ । सेयर लगानीकर्ता अग्रवाललाई ठगी र विश्वासघातको गिरफ्तार गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख विश्व अधिकारीले जानकारी दिएका छन् ।
नेपाल प्रहरीले अग्रवाललाई २२ करोड ठगीको अरोपमा गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।
सेयर बजारमा धेरै लगानीकर्ताले आदर्श मान्ने गरेका दीपेन्द्र अग्रवालले सस्तोमा सेयर खरिद गर्ने र महंगोमा बिक्री गर्ने गर्दे आएका थिए । उनले आफूले सेयर खरिद गरीसकेपछि समाजिक सञ्जाल मार्फत लगानीकर्ताहरुलाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पु¥याउने भन्दै झुठ्ठा आश्वासन दिने गर्थे । सेयर लगानीकर्ता खरिद गर्न थालेपनि आफ्नो सेयर बिक्री गर्थे ।
त्यसैगरी अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली(टीएमएस) खाता चलाउने र उनले ती खाता मार्फत आफै खरिद गर्ने र आफैले बिक्री गरी सेयर मूल्य बढाउने काम गर्दै आएका थिए । सेयर मूल्य निश्चित तहमा पु¥याएपछि उनले सस्तोमा किनेर सेयर विक्री गर्थे । त्यसैगरी अन्य व्यक्तिका कारोबार खाता पनि आफै चलाउने र धितोपत्र ब्रोकरसँग लिन भएको पैसा असुल गर्ने तर तिर्नु पर्ने पैसको सन्दर्भमा अनेक लफडा गरेर भुक्तानी नदिने गरेका थिए । साथै आफैले एक कारोबार खाताको पैसा अर्को व्यक्तिकोमा ट्रान्सफर गर्ने समेतको काम गरेपछि धितोपत्र बोर्डमा उजुरी परेको थियो ।