ललेन्द्र शाक्य
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले जेन–जी आन्दोलनमा भएको राज्य पक्ष एवं प्रहरी दमन र अराजकताको भत्सर्ना गरेको छ ।
सोमबार साँझ एक प्रेस विज्ञप्ति सार्वजनिक गरी नेपाल पत्रकार महासंघले भत्सर्ना गरेका हुन् ।
भ्रष्टाचारको विरोध र सुशासनको मागसहित सडकमा त्रिएको जेन–जी प्रदर्शनमाथि गोली ठोक्ने बर्बर दमनको नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश घोर भत्सर्ना गर्दछ भनी सार्वजनिक भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सार्वजनिक भएको प्रेस विज्ञप्तिमा भनिएको छ, “घटनामा परी कम्तीमा १८ जना युवाले अकाल ज्यान गुमाएका छन् । उनीहरुको आत्म शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जलि । मृतक परिवारजनमा गहिरो समवेदनासहित धैर्यधारण गर्ने शक्तिका लागि भगवानसंग प्रार्थना गर्दछौं । समाचार संकलनका क्रममा प्रहरीको गोली लागेर तीन पत्रकारसहित १९४ जना घाइते भएको अवस्था छ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सबै घाइतेहरुको निःशुल्क उपचारको व्व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दछौं । साथै आन्दोलनमा सुरक्षाका उपायसहित पहिचान खुल्नेगरी फिल्डमा खटाउन मिडिया हाउस र भीड व्यवस्थापनमा पहिला सूचना दिएर मिडियाकर्मीलाई अलग गरेर मात्र बल प्रयोग गर्न सुरक्षा निकायको ध्यानाकर्षण गर्दछौं ।”
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिद्वारा सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन जनताको अधिकार भएको र प्रदर्शनको औपचारिक जानकारी भइसकेपछि त्यसको स्वरुपको आंकलन गरी व्यवस्थापनको पूर्वतयारी सरकार, गृहप्रशासन र स्थानीय प्रशासनको दायित्व भएको उल्लेख गरिएको छ ।
सार्वजनिक भएको विज्ञप्तिमा भनिएको छ, “आन्दोलनकारीबाट संस