19.3 C
Kirtipur
Tuesday, September 16, 2025

पोखरामा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु

Must read

पोखरा /कोरोना संक्रमणबाट पोखरामा एक जना महिलाको मृत्यु भएको छ । ७० वर्षीया एक जना महिलाको पोखराको चरक अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

असार २५ गते स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा कोरोना संक्रमण देखिएको थियो । कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते ती महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिएका हुन् ।

कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेयको समस्यासमेत देखिएको निर्देशनालयले जनाएको छ । ती महिलाको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो । पछिल्लो समय फेरि गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

यस्तै कास्कीमा मात्र पछिल्लो समय ५ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी बागलुङमा २ र स्याङ्जामा एक जनामा गरी गण्डकीमा जम्मा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

महानिर्देशक खड्काले भनेका छन्, “प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला र धौलागिरी अस्पताल बागलुङलगायतका संस्थामा कोरोनाको जाँच भइरहेका थिए र सामान्य खालका विरामीमा पनि कोरोना फाट्टफुट्ट देखिएको थियो।”

गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु नै भएको चाहिँ यो झण्डै साढे २ वर्षपछि हो । गण्डकीमा देखिएका संक्रमितमा कोभिड–१९ पुष्टि भएको निर्देशनलयले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article