काठमाडौं/प्रभावशाली नेता डा. भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेद हदको विषयमा दिएको अस्वभाविक तर्कबारे व्यंग्य प्रहार गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले पार्टीभित्र ७० वर्षे उमेर हद लगाउने भए आफू जेल बसेको समय घटाउनु पर्ने प्रस्ताव गरेका थिए । यसै विषयलाई लिएर डा. भीम रावलले काम नगरी सुतेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि भन्दै तिखो व्यंग्य प्रहार गरेका हुन् ।
एमाले अध्यक्ष ओलीसँगको विवादकै कारण नेकपा एमाले छोडेका नेता डा. भीम रावलले राजनीतिमा आउनुअघि बाल्यकाल र बिरामी भई काम नगरेको समयावधिसमेत घटाउन व्यंग्यात्मक सुझाव दिएका छन् ।
डा. भीम रावल भन्छन्, “एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट बैठकमा पेस भएछ । ओलीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि ?”