18.7 C
Kirtipur
Tuesday, September 16, 2025

जेन–जी युवा पुस्ताको आन्दोलनबाट देशमा परिवर्तन आएकै हो !

Must read


– ललेन्द्र शाक्य
जेन–जी, मात्र समयावधि मात्र हो । नबुझेर कसैले “जेन–जी” लाई पार्टीको रुपमा लिए । जेन–जी युवा पुस्ता अर्थात् जेनेरेशन जेड । सन् १९९७ देखि २०१२ को अवधिमा जन्मिएका युवा पुस्ता । पूर्ण रुपमा डिजिटल युगमा जन्मेका डिजिटल नाटिभ्स । मोबाइल, इन्टरनेट, सामाजिक संजाल नै दैनिक जीवनको हिस्सा । विविधता, समावेशीता तथा सामाजिक न्यायमा बढी सजग पुस्ता ।
भाद्र २३ गते सोमबार देशभर भएको जेन–जीको प्रदर्शनको मात्र उद्देश्य थियो देशमा चरम रुपमा ब्याप्त भ्रष्टाचारको अन्त्य एवं सरकारले सामाजिक संजालमा लगाएको प्रतिबन्धको फुकुवा । शान्तिपूर्ण आन्दोलन थियो, राज्यपक्षबाट दमन हुन्छ भन्ने विषयमा अनभिज्ञ थिए जेन–जी । सरकार पक्षबाट प्रहरीको अन्धाधुन्ध गोली प्रहार हुन्छ र बिसौं भन्दा बढी नव युवाहरुको हत्या र हजारौं युवाहरु प्रहरीको गोलीबाट घायल हुन्छ भन्नेतिर दिमाग गएकै होइन जेन–जीको । जेन–जीले मात्र हैन कि समस्त नेपालीहरुले नै नसोचेको अकल्पनीय अति दुःखद् घटना भइयो भाद्र २३ गते सोमबारको दिन । यो घटना पश्चात भाद्र २३ गते नै राती सरकारले प्रतिबन्ध गरेको सामाजिक संजाल फुकुवा भइयो ।
घटना घटेको भोलिपल्ट यानि कि, भाद्र २४ गते मंगलबार, बिहानैदेखि देशभर तनावै तनावको स्थिति । तनाव नहोस् पनि कसरी ? सरकारी प्रहरीको गोली प्रहारबाट त्यतिका नव युवाहरुको विभत्स हत्या अनि हजारौं यु्वाहरु घाइते । जो कोही पनि आक्रोशित हुन्छ नै । जता हे¥यो उतै सरकारविरुद्ध नारा जुलुस ।
सरकारले सोचेको होला, भाद्र २३ गतेको घटना शान्त पार्न २४ गते बिहानदेखि कर्फ्यू लगाइदिने । घटनालाई साम्य पार्ने । कर्फ्यू त लगाइयो, तर जेन–जी युवा पुस्ताले कर्फ्यूको वास्ता नै नगरी सरकारविरुद्धको प्रदर्शनलाई निरन्तरता दिइरहे । किनकि आक्रोश चरम सीमामा पुगिसकेको थियो सरकारको कर्तुतबाट जेन–जी युवाहरु । भाद्र २४ को प्रदर्शन पनि मात्र भ्रष्टाचारको अन्त्य अनि भाद्र २३ गते सरकारी प्रहरीद्वारा हत्या गरिएका नव युवाहरुको न्यायका लागि र घाइतेहरुको उपचारका लागि प्रदर्शन थियो जेन–जी युवाहरुको ।
अकस्मात् कीर्तिपुरमा जेन–जी युवाहरुले कीर्तिपुर नगरपालिका जलाइयो भन्ने खबर भाइरल भइयो । विभिन्न पार्टी कार्यालय् तोडफोड, कीर्तिपुर प्रहरी चौकी तोडफोड र आगलागी । हुँदाहुँदै काठमाडौंमा मात्र हैन देशभर विभिन्न सरकारी निकाय कार्यालय भवन तोडफोड र आगजनी भइयो । उपत्यकाको आकाशमा हेलिकोप्टरहरु दौडिरहेको दृष्य प्रयाप्त मात्रामा देखियो । मन्त्री क्वार्टर, मन्त्रीको निवासबाट मानिसहरुको ओसार पसार भइयो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसामू प्रधानमन्त्री पदबाट राजीनामा दिई फरार भइयो । वास्तवमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पश्चात् जेन–जी युवाहरुको प्रदर्शन एवं आन्दोलन सफलताको जँघारमा पुगिसकेको थियो ।
तर पनि, आन्दोलन रोकिएन, नेता–मन्त्रीहरुको घर घर पुगी आगजनी, तोडफोड एवं ती नेता–मन्त्रीहरुलाई यातना दिइयो । जनताहरुले देश र जनतालाई बर्बाद गरिरहेका नेता–मन्त्रीहरुमाथि गरिएको कारवाहीलाई सकारात्मक रुपमा नै लिइएको अवस्था थियो ।
अफशोच ! सार्वजनिक सम्पत्तिदेखि बैंक, सिंहदरबार, संसद भवन इत्यादी इत्यादी सरकारी भवन तोडफोड र आगजनी एवं नख्खु जेलबाट रवि लामिछाने रिहा भएको घटनाबाट एक्कासी जनसमुदायमाँझ नैराश्यताको बादलले ढाक्न थाल्यो । जनसमुदायबाट प्रश्न एवं जिज्ञासाहरु सम्प्रेषण हुन थाल्यो कि के जेन–जी युवाहरुको प्रदर्शन र उद्देश्य तोडफोड र आगजनी हो त ? जनसमुदायको मन–मस्तिष्कबाट जेन–जी युवाहरुको यो क्रियाकलापलाई स्वीकार गर्ने वातावरण नै अन्यौलमा परियो ।
वास्तवमा जेन–जी युवा पुस्ताको चित्कार यो थियो कि जुनसुकै पार्टीको सरकार आए पनि भ्रष्टाचारको अन्त्य हुनुपर्छ बस् । सरकारी सम्पत्ति एवं सार्वजनिक सम्पत्ति तोडफोड एवं आगजनी, रवि लामिछाने रिहा गर्ने उद्देश्य हुँदै होइन जेन–जी युवाहरुको शान्ति पूर्ण प्रदर्शन ।
हो, जेन–जी युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भाको नै हो । भाद्र २३ गतेको प्रदर्शनमा पनि घुसपैठ भएकै हो, त्यही घुसपैठका कारण राज्य पक्षले गोलीको बर्षात् गरियो । दुई दर्जनभन्दा बढी नव युवाहरुको हत्या एवं हजारौं युवाहरु घाइते भइयो । अब सरकारी पक्षको दमनपछि उग्र रुप त लिने भई नै हाल्यो । घुसपैठियाहरुका लागि सोह्रमा सत्रको वातावरण सिर्जना भइयो । भाद्र २४ गते मंगलबार संसारमै दुर्लभ आन्दोलनको रुपमा जेन–जी आन्दोलन परिणत भइयो ।
जेन–जी युवा पुस्ताले आफ्नो प्रदर्शन सोच्दै नसोचेको अकल्पनीय प्रदर्शन एवं घटनामा रुपान्तरित भइयो । समस्त नेपालीले पनि कल्पनै नगरेको घटना हुनपुग्यो । सायद सरकारले पनि जेन–जी प्रदर्शनबाट यति ठूलो परिवर्तन हुन्छ भन्नेतिर सोचेकै थिएन होला ।
यो घटनाले अनुमान लगाउन सकिन्छ कि, यो नियोजित योजना हो । यो योजना हिजो अस्ति मात्र बुनेको योजना हुँदै होइन ।
देशको अर्को शक्तिले बर्षौं अगाडिदेखि बुनेको योजना हो । त्यो अर्को शक्तिलाई थाहा थियो कि, देशमा हालका जेन–जी युवा पुस्ता यो सरकारदेखि सन्तुष्टि नभएको र ब्याप्त चरम भ्रष्टाचार पूर्ण रुपमा अन्त्य गर्ने पक्षमा रहेको । त्यो अर्को शक्तिले त्यो दिन पर्खिरहेको थियो, जुन दिन समयानुकूल हुनेछ । त्यही दिन जुर्यो, जब सरकारले जेन–जी युवा पुस्ताको हिस्सा सामाजिक संजालमाथि प्रतिबन्ध लगाइयो । सरकारले गरेको सामाजिक संजालमाथिको प्रतिबन्ध, यही समय अनुकूलतामा परिणत भइयो । भ्रष्टाचारको अन्त्य र सामाजिक संजालमाथिको प्रतिबन्धबिरुद्ध जेन–जी युवा पुस्तालाई सडकमा उतारियो । शान्ति प्रदर्शनको उपमा दिई इमान्दार विना छलकपटका सोझा भर्खर फक्रेका युवा पुस्ता जेन–जीलाई भ¥याङ्गको रुपमा अगाडि सारी आफ्नो लक्ष्य र उद्देश्य तथा स्वार्थ सिद्ध गर्न सफल भइयो त्यो अर्को शक्ति ।
नेपालमा हुने आन्दोलनहरुको स्वरुपलाई नियाल्ने हो भने, जुनसुकै आन्दोलन होस्, ती आन्दोलनमा कि पार्टीको झण्डा हुन्थ्यो, कि त विभिन्न संघसंस्थाको झण्डा हुन्थ्यो, कि त कुनै भ्रातृ संगठनहरुको झण्डा हुन्थ्यो । ती आन्दोलन कस्को हो ? अड्कल लगाउन सजिलो हुन्थ्यो । तर, जेन–जी आन्दोलन, न पहिचानरुपी झण्डा, न पक्ष विपक्षको भिन्नता । निक्र्योल गर्न नसक्ने परिस्थिति । किन कि, जेन–जी, मात्र उमे र समूह हो ।
अर्को शक्तिले आफ्नो स्वार्थ सिद्ध गर्न यही जेन–जी युवा पुस्ताको शान्तिपूर्ण प्रदर्शन र आन्दोलनको सदुपयोग गरियो ।
हुनतः जेन–जी युवा पुस्ताको यो आन्दोलन, सामाजिक संजाल माध्यमबाट एकत्रित भई भएको आन्दोलनको रुपमा लिन सकिन्छ । तर, यो आन्दोलन गरौं भन्ने आह्वान कर्ता त हुन्छ नै । को हो त्यो आह्वान कर्ता ? सार्वजनिक हुनु जरुरी छ । त्यही आह्वान कर्ता अर्को शक्तिको परिचालित जेन–जी त होइन ? भन्ने आशंका उब्जेको छ । आन्दोलन भने पछि त नेतृत्वदायी पक्ति त हुन्छ नै ।
त्यो अर्को शक्तिलाई पूर्ण रुपमा थाहा थियो, जेन–जी युवा पुस्ताको भाद्र २३ गतेको शान्ति पूर्ण आन्दोलनमा आफ्ना पक्षका युवा शक्तिलाई घुसपैठ गराई शान्ति पूर्ण आन्दोलनलाई उग्र रुपको स्थिति सिर्जना गरिसकेपछि सरकारी पक्षले दमन एवं गोली प्रहार गर्ने नै छ भन्नेतिर । त्यही भो, नव युवाहरुको हत्या भो, हजारौं घाइेत भो, त्यो अर्को शक्तिको लक्ष्य सफल भइयो । त्यही सफलताको वातावरणमा भाद्र २४ गतेको आन्दोलनले त्यो अर्को पक्षको जीत भो । यो जीत जेन–जी युवा पुस्ताको जीत अवश्य पनि होइन ।
वास्तवमा भन्ने हो भने, जेन–जी युवा पुस्ता त अनभिज्ञ भएकै हो, यस्तो अकल्पनीय घटना हुन्छ भन्नेमा । तर, यहाँ सरकार पनि अनभिज्ञ भएको देखियो । अर्को शक्तिको यस्तो सरकारै ढाल्ने रणनीतिबारे सरकार बेखबर नै भएको देखियो । यो घटना वर्षौंदेखि बुन्दै आएको नियोजित योजनाबद्ध घटना हो भन्ने तिर समस्त जनसमुदायहरुको ध्यानाकर्षित भएको छ । भन्नै पर्दा जेन–जी युवा पुस्ता र सरकारलाई नै अर्को शक्तिले मुर्गा बनाएकै हो । घटनाक्रमलाई नियाल्ने हो भने जेन–जीलाई मात्र भ¥याङ्गको रुपमा प्रयोग गरेकै हो भन्न सक्छौं ।
जेन–जी युवा पुस्ताको मात्र आन्दोलन र प्रदर्शन भएको हो भने यो परिवर्तन असम्भव देखिन्छ । घुसपैठका कारण आन्दोलनले यो रुप लिइयो ।
यदि अर्को शक्तिको नियोजित योजनाबद्ध खेल नभएको भए, कीर्तिपुर नगरपालिका जलाइयो २०२५ जनाको समूहले । कीर्तिपुर प्रहरीले त्यो समूहलाई नियन्त्रणमा लिन सक्थ्यो, तर लिइएन ।
सार्वजनिक सम्पत्ति एवं सरकारी निकायका उच्च ओहोदाका कार्यालय भवन तोडफोड एवं जलाइयो । देशको संवेदनशील सिंहदरबार, सर्वोच्च एवं उच्च अदालत जलाइयो, सिंहदरबारभित्र सुरक्षाकर्मी एवं सेना थियो । सुरक्षाकर्मी एवं सेनाले नियन्त्रण गर्नसक्ने अवस्था थियो, त्यो पनि गरिएन । नेता एवं मन्त्रीहरुको भवन निवास ध्वस्त पारियो, कुटियो । सुरक्षाकर्मीबाट नियन्त्रण लिनसक्ने अवस्था थियो, त्यसमा पनि सुरक्षाकर्मीहरु मुकदर्शक भईदियो । आखिर किन ?
यदि अर्को शक्तिसंग मिलेमतो नभएको भए यो घटना हुनु असम्भव नै थियो । जेन–जी युवा पुस्ताको कस्तो आन्दोलन हो यो, सुरक्षाकर्मी एवं सेना नै पछाडि हट्नु पर्ने आन्दोलन ?
अब भन्न सक्छौं कि देशमा जेन–जी युवा पुस्ताको आन्दोलनबाट परिवर्तन आयो नै । कस्तो परिवर्तन हुने हो जनता पर्खिरहेका छन् । जेन–जी युवा पुस्ताको चाहना एवं संकल्प, भ्रष्टाचाररहित सरकारको निर्माण अब हुन्छ कि हुन्नँ ? हेर्न बाँकि छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article