18 C
Kirtipur
Saturday, November 1, 2025

काठमाडौं मनपा र उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा खाली गराउन अल्टिमेटम

Must read

काठमाडौं ।

अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिनभित्र हटाउन निर्देशन दिएका छन् । गत असोज २ गते बसेको काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणको संयुक्त बैठकको निर्णय अनुसार शुक्रबार सार्वजनिक सूचना जारी गरी अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन दिइएको हो । काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत दिइएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंका खोला किनारमा अतिक्रमण गरेर बसाइएका बस्ती खाली गराउने प्रयास गर्दै आएको छ । कतिपय स्थानमा सफल भए पनि बागमती नदी किनारको सुकुमबासी वस्ती लगायतका संरचना भने हटाउन सकेको छैन ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article