24.5 C
Kirtipur
Tuesday, September 16, 2025

अन्य दिनमा लाखे नाच नचाए कारवाही : कीर्तिपुर नपा १ वडाध्यक्ष इच्छाकुमार महर्जन

Must read

कीर्तिपुर÷ कीर्तिपुर नगरपालिका १ वडा कार्यालयले शनिबार र मंगलबार तथा कुनै चाडपर्वमा बाहेक अन्य दिनमा लाखे नाच नचाएमा कारवाही गर्ने चेतावनीका साथ एक सूचना सार्वजनिक गरेको छ ।
कीर्तिपुर नगरपालिका १ वडाका वडाध्यक्ष इच्छाकुमार महर्जन हस्ताक्षरित एक सूचना श्रावण १८ गते आइतबार सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएको सूचनामा कीर्तिपुर नगर एक ऐतिहासिक र साँस्कृतिक शहर भएको र कीर्तिपुर नगरमा विभिन्न साँस्कृतिक परम्परामध्ये लाखे नाच पनि एउटा हो भनिएको छ ।
सार्वजनिक भएको सूचनामा भनिएको छ, “जुन लाखे नाच गथांमुगःदेखि कृष्णाष्टमीसम्म प्रत्येक शनिबार र मंगलबार तथा कुनै चाडपर्वमा मात्र नचाउने भएकोले सो दिनहरुमा मात्र स्थानीय लाखे नाच नचाइदिनु हुन सबैमा हार्दिक अनुरोध गरिन्छ ।”
यसबर्षको कृष्णाष्टमी जात्रा बाघभैरव जात्राको दिन भाद्र १ गते परेको छ । कीर्तिपुरमा यस वर्ष बाघभैरव जात्रा र कृष्णाष्टमी कृष्ण जात्रा एकै दिन परेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article