21.6 C
Kirtipur
Tuesday, September 16, 2025

क्लब ओम्निया ठमेलका संचालक गुण्डागर्दी गरेको आरोपमा गिरफ्तार

Must read

ठमेलको ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरुङ गुण्डागर्दी तथा झगडा गरेको आरोपमा गिरफ्तारीमा परेका छन् । गुरुङलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताएका छन् ।

साउन १४ गतेठमेलकै दोहोरी साँझमा गुण्डागर्दीमा संलग्न भनिएका सानुभाई भनिने र युवराज गुरुङ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो । सो क्रममा दुई पक्षका तीन जनालाई त्यतिबेलै प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको थियो । क्लब सञ्चालकले नै प्रहरीलाई खबर गरेपछि सानुभाईसहित अर्को समूहका दीलकुमार तुम्बापो र रवीन्द्र गुरुङ पक्राउ गरेका थिए । यता ठमेलको ओम्निया क्लबका सञ्चालक राजेन्द्र भने फरार थिए । उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यसअघि १५ असार २०८० मा क्लब ओम्निया ठमेलका सञ्चालक राजेन्द्र गुरुङमाथि सानुभाई समूहले आक्रमण समेत गरेको थियो । त्यतिबेला पक्राउ परेका सानुभाई धरौटीमा रिहा भएका थिए । अहिले फेरि उनीहरु दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article