कीर्तिपुर नगरपालिकाबाट २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सम्मिलित विद्यार्थी र विद्यालयगत नतिजा प्रकाशित गरेको छ ।
कीर्तिपुर नगरपालिकाभित्र रहेका जम्मा ३१ वटा विद्यालय २०८१ को एसईई परीक्षामा सहभागी भएका हुन् । ती ३१ वटा विद्यालयहरुमध्ये मात्र तीन विद्यालय मात्र शतप्रतिशत उत्तीर्ण हुन सफल भएका छन् ।
कीर्तिपुरको पांगास्थित उज्ज्वल शिशु निकेतन माध्यमिक बिद्यालयले २०८१ को एसईई परीक्षामा ४८ जना विद्यार्थीहरु सहभागी गराइएकोमा ४८ जनै उत्तीर्ण भई शतप्रतिशत उत्तीर्णहुन सफल भएका छन् ।
यस्तै, कीर्तिपुर नगरकै तौदहस्थित ग्लोरिया स्कूलले १२ जना विद्यार्थी सहभागी गराइएकोमा १२ जनै विद्यार्थी हरु उत्तीर्ण भई शतप्रतिशत उत्तीर्ण हुन सफल भएका छन् ।
यही क्रममा, कीर्तिपुरकै कश्यप एकेडेमीले १७ जना विद्यार्थीहरु सहभागी गराइएकोमा १७ जनै विद्यार्थीहरु उत्तीर्ण भई शतप्रतिशत उत्तीर्ण हुन सफल भएका छन् ।
२०८१ को एसइई परीक्षामा कीर्तिपुर नगरबाट ११ वटा सामुदायिक विद्यालयहरु सहभागी भएका छन् ।
मच्छेगाँउ चम्पादेवीस्थित बाघभैरव माध्यमिक बिद्यालयले १२ जना विद्यार्थी सहभागी गराइएकोमा ९ जना उत्तीर्ण भई ७५ प्रतिशत उत्तीर्ण प्रतिशत ल्याउन सफल भएका छन् ।
यस्तै, बाहिरी गाउँ कीर्तिपुरस्थित कीर्तिपुर माध्यमिक विद्यालयले ४७ जना विद्यार्थीहरु सहभागी गराइएकोमा २४ जना उत्तीर्ण भई ५१.०६ प्रतिशत उत्तीर्ण प्रतिशत, पांगास्थित जनसेवा माध्यमिक विद्यालयले १०६ जना विद्यार्थीहरु सहभागी गराइएकोमा ८० जना उत्तीर्ण भई ७५.४७ उत्तीर्ण प्रतिशत, तौदहस्थित तौदह राष्ट्रिय माध्यमिक विद्यालयले ३२ जना विद्यार्थीहरु सहभागी गराइएकोमा १८ जना उत्तीर्ण भई ५६.२५ उत्तीर्ण प्रतिशत ल्याउन सफल भएका छन् ।
यही क्रममा, कीर्तिपुर १० वडास्थित मंगल माध्यमिक विद्यालयले १०८ जना विद्यार्थीहरु सहभागी गराइएकोमा १०५ जना उत्तीर्ण भई ९७.२२ उत्तीर्ण प्रतिशत, भाजंगल कीर्तिपुरस्थित वैष्णवी माध्यमिक
विद्यालयले१९ जना विद्यार्थीहरु सहभागी गराइएकोमा १३ जना उत्तीर्ण भई ६८.४२ उत्तीर्ण प्रतिशत, सरांखेल पांगास्थित बालकुमारी माध्यमिक विद्यालयले २४ जना विद्यार्थीहरु सहभागी गराइएकोमा १३ जना उत्तीर्ण भई ५४.४५ उत्तीर्ण प्रतिशत, ढोकासी कीर्तिपुरस्थित गोरखनाथ माध्यमिक विद्यालय ८ जना विद्यार्थीहरु सहभागी गराइएकोमा ३ जना उत्तीर्ण भई ३७.५० उत्तीर्ण प्रतिशत प्राप्त गर्न सफल भएका छन् ।
यस्तै, ढल्पा कीर्तिपुरस्थित विश्व राष्ट्रिय माध्यमिक विद्यालयले १० जना विद्यार्थीहरु सहभागी गराइएकोमा ३ जना उत्तीर्ण भई ३० उत्तीर्ण प्रतिशत, कीर्तिपुरकै गोरखनाथ माध्यमिक विद्यालय खुल्लाले १४ जना विद्यार्थीहरु सहभागी गराइएकोमा १ जना उत्तीर्ण भई ७.१४ उत्तीर्ण प्रतिशत र चोभारस्थित आदिनाथ माध्यमिक विद्यालयले २२ जना विद्यार्थीहरु सहभागी गराइएकोमा १५ जना उत्तीर्ण भई ६८.१८ उत्तीर्ण प्रतिशत ल्याउन सफल भएका छन् ।
२०८१ को एसईई परीक्षाकै क्रममा कीर्तिपुर नगरस्थित निजी विद्यालयहरुमा नयाँबजार कीर्तिपुरस्थित बाघभैरव आवासीय माध्यमिक विद्यालयले १८ जना विद्यार्थीहरु सहभागी गराइएकोमा १२ जना उत्तीर्ण भई ६६.६७ उत्तीर्ण प्रतिशत ल्याएका छन् भने टियू कीर्तिपुरस्थित लेबोरेटरी माध्यमिक विद्यालयले ११३ जना विद्यार्थीहरु सहभागी गराइएकोमा ११२ जना उत्तीर्ण भई ९९.१२ उत्तीर्ण प्रतिशत ल्याएका छन् ।
ढल्पा कीर्तिपुरको पुष्पसदन माध्यमिक विद्यालयले ११५ जना विद्यार्थीहरु सहभागी गराइएकोमा ११४ जना उत्तीर्ण भई ९९.१३ उत्तीर्ण प्रतिशत, पांगाको पांगा माध्यमिक विद्यालयले २१ जना विद्यार्थीहरु सहभागी गराइएकोमा १३ जना उत्तीर्ण भई ६१.९० उत्तीर्ण प्रतिशत, कीर्तिपुर नगाउँस्थित कीर्ति माध्यमिक विद्यालयले २५ जना विद्यार्थीहरु सहभागी गराइएकोमा ११ जना उत्तीर्ण भई ४४ उत्तीर्ण प्रतिशत, ग्रीनभिलेज माध्यमिक विद्यालयले ११ जना विद्यार्थीहरु सहभागी गराइएकोमा ५ जना उत्तीर्ण भई ४५.४५ उत्तीर्ण प्रतिशत ल्याएका छन् ।
यही क्रममा बाघभैरवस्थान कीर्तिपुरका हिलटाउन माध्यमिक विद्यालयले ३१ जना विद्यार्थीहरु सहभागी गराइएकोमा २८ जना उत्तीर्ण भई ९०.३२ उत्तीर्ण प्रतिशत, त्यांगलाफाँटस्थित कीर्तिपुर बोर्डिङ स्कूलले १० जना विद्यार्थीहरु सहभागी गराइएकोमा ४ जना उत्तीर्ण भई ४० उत्तीर्ण प्रतिशत, साउथ भ्याली स्कूलले १२ जना विद्यार्थीहरु सहभागी गराइएकोमा ८ जना उत्तीर्ण भई ६६.६७ उत्तीर्ण प्रतिशत, राराहिल मेमोरियल स्कूलले ५८ जना विद्यार्थीहरु सहभागी गराइएकोमा ५७ जना उत्तीर्ण भई ९८.२८ उत्तीर्ण प्रतिशत, मेगस आवासीय माध्यमिक विद्यालयले २२ जना विद्यार्थीहरु सहभागी गराइएकोमा १८ जना उत्तीर्ण भई ८१.८२ उत्तीर्ण प्रतिशत ल्याएका छन् ।
यस्तै, शुभकामना एकेडेमीले २१ जना विद्यार्थीहरु सहभागी गराइएकोमा १८ जना उत्तीर्ण भई ८५.७१ उत्तीर्ण प्रतिशत, क्रिएटिभ एकेडेमीले ९९ जना विद्यार्थीहरु सहभागी गराइएकोमा ९६ जना उत्तीर्ण भई ९६.९७ उत्तीर्ण प्रतिशत, लोक आदर्श एकेदेमीले ११ जना विद्यार्थीहरु सहभागी गराइएकोमा ८ जना उत्तीर्ण भई ७२.७३ उत्तीर्ण प्रतिशत, ग्रीन भ्याली एजुकेशनले ४६ जना विद्यार्थीहरु सहभागी गराइएकोमा ४५ जना उत्तीर्ण भई ९७.८३ उत्तीर्ण प्रतिशत ल्याउन सफल भएका छन् ।
कीर्तिपुर नगरको एसईईकै सन्दर्भमा नेपाल एपीएफ स्कूलले ८१ जना विद्यार्थीहरु सहभागी गराइएकोमा ७९ जना उत्तीर्ण भई ९७.५३ उत्तीर्ण प्रतिशत, साल्भिनिया एकेडेमीले १७ जना विद्यार्थीहरु सहभागी गराइएकोमा ११ जना उत्तीर्ण भई ६४.७१ उत्तीर्ण प्रतिशत ल्याएका छन् ।
कीर्तिपुर नगरको एसईई परीक्षाको सन्दर्भमा एनजी जीपीए ल्याउने विद्यार्थी संख्या १९०, २.०१–२.४० जीपीए ल्याउने १ जना, २.४१–२.८० जीपीए ल्याउने ५२ जना, २.८१–३.२० जीपीए ल्याउने २३२ जना, ३.२१–३.६० जीपीए ल्याउने ४०४ जना, ३.६१–३.९९ जीपीए ल्याउने ३०६ जना, ४ जीपीए ल्याउने ५ जना रहेका छन् ।
कीर्तिपुर नगरबाट जम्मा ११ सय ९० जन एसईई परीक्षामा सहभागी भएको थियो ।