कीर्तिपुर/२०८१ को एसईई परीक्षामा कीर्तिपुर छुगांस्थित राराहिल मेमोरियल स्कूल पनि शतप्रतिशत उत्तीर्ण हुन सफल भएको छ ।
राराहिल स्कूलबाट जम्मा ५७ जना विद्यार्थीहरुले एसईई परीक्षा दिएकोमा ५७ जनै विद्यार्थीहरु उत्तीर्ण भएका छन् । तर, राष्ट्रिय परीक्षा बोर्डले कीर्तिपुर नगरपालिकाको एसईई परीक्षा नतिजामा राराहिल स्कूलबाट ५८ जना विद्यार्थीहरुले परीक्षा दिएको र १ जना फेल भई ५७ जना विद्यार्थीहरु उत्तीर्ण भएको उल्लेख गरिएको छ ।
यस विषयमा राराहिल मेमोरियल स्कूलका प्रिन्सिपल जगतबहादुर महर्जनले राराहिल स्कूलबाट ५७ जना विद्यार्थीहरुले एसईई दिएको र ५७ जनै उत्तीर्ण भई शतप्रतिशत नतिजा ल्याउन सफल भएको बताएका छन् ।प्रिन्सिपल महर्जन भन्नुहुन्छ, “राराहिल स्कूलबाट ५७ जना विद्यार्थीहरुले परीक्षा दिएको हो । तर कीर्तिपुर नगरपालिका शिक्षा शाखाबाट प्रकाशित विवरणमा राराहिल स्कूलबाट ५८ जना विद्यार्थीहरुले परीक्षा दिएको र ५७ जना उत्तीर्ण भएको तथ्यांक समावेश गरिएको छ । यो गलत विवरण हो । राराहिल स्कूलबाट ५७ जना विद्यार्थीहरुले एसईई दिइएकोमा ५७ जनै उत्तीर्ण भई शतप्रतिशत उत्तीर्ण नतिजा ल्याउन सफल भएका हों ।”
राराहिल स्कूलको एसईई परीक्षा केन्द्र पांगाको जनसेवा मा.वि. परेको थियो । उक्त जनसेवा मा.वि.का प्रिन्सिपल देवराज महर्जनले राराहिल स्कूलबाट ५७ जना विद्यार्थीहरुले परीक्षा दिइएको जानकारी दिनुभएको छ ।
यो तथ्यांकबाट कीर्तिपुर नगरमा राराहिल मेमोरियल स्कूलसमेत गरी चार विद्यालय २०८१ को एसईई परीक्षामा शतप्रतिशत उत्तीर्ण हुन सफल भएको छ ।