22.2 C
Kirtipur
Tuesday, September 16, 2025

कुटुम्बको स्कूल टू स्कूल सहयोग

Must read

कुटुम्ब एक नेपाली लोक वाद्य ब्यान्ड हो। यो ब्यान्डले बाँसुरी, सारङ्गी, मदल, तुङ्गना, ढोल, झ्याम्ता, अर्बाजु, धिमे, ध्यानग्रो, डम्फु, खिन र गायन कटोरा जस्ता नेपाली परम्परागत वाद्ययन्त्रहरू मात्र प्रयोग गर्दछ। कलाकारीता क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कुटुम्ब ब्याण्डले स्कूल टू स्कूल सहयोग अभियान अन्तर्गत विहिवार कीर्तिपुरमा पनि गरेको छ । कीर्तिपुरको राराहिल स्कुल गरेको उक्त कार्यक्रममा विद्यार्थीहरुले कलम, कपि लगायत स्टेशनरी सामान संकलन गरेको थियो । सांस्कृतिक कार्यक्रम गर्दै दुर्गम क्षेत्रमा रहेका स्कूलका विद्यार्थाीहरुलाई सहयोग गर्न उक्त स्टेशनरी समान संकलन गरेको हो । कुटुम्बको यो अभियान आज भन्दा १५ बर्ष अघिदेखि प्रत्येक बर्ष संचालन गर्दै आएको हो । हाल सम्म करिव १ सय वटा स्कूलमा उक्त अभियान संचालन गरिसकेको छ । यस कार्यक्रमका लागि साउण्ड सिष्टम आइएसएसले सहयोग गर्दै आएको छ । स्कूलमा नेपालका मौलिक बाजाहरुको जानकारी गराउने, सहयोगको भावना जागृत गर्ने, जलवायु परिवर्तन सम्वन्धि जानकारी गरी कम मात्रामा जनलवायु परिवर्तनका लागि भूमिका खेल्न शिक्षा दिने लागायत पनि सो कार्यक्रममा गरेको थियो । कुटुम्बले १५ बर्षदेखि यो अभियान संचालन गर्दै आएको भएतापनि कीर्तिपुरमा भने पहिलो पटक राराहिल स्कूलमा गरेको हो । कुटुम्बको यो मौलिक किसिमको कार्य भन्न सकिन्छ ।

तस्बिर : राराहिल स्कुल

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article