20.8 C
Kirtipur
Tuesday, September 16, 2025

कीर्तिपुर अस्पतालमा आगोले पोलेका विरामी र कुरुवालाई निःशुल्क साँझको खाना

Must read

कीर्तिपुर अस्पतालमा ओगोले पोलेका विरामी र कुरुवाहरुलाई आज शुक्रवारदेखि साँझको खाना निःशुल्क दिने भएको छ । समानुभुती नेपाल नामक संस्थाले निःशुल्क खानाको व्यवस्था गरेको हो । संस्थाक अध्यक्ष तुलसी श्रेष्ठले कीर्तिअनलाईनसंग कुरा गर्दै आजबाट दैनिक रुपमा अपरान्हः साढे ५ बजेदेखि ६ बजेको वीचमा आगोले पोलका विरामी र कुरुवा गरी जम्मा दैनिक रुपमा ६० जनालाई खानाको व्यवस्था गरेको बताउनु भयो । उहाँले अहिले सम्म समानुभती नेपालले वीर अस्पतालका क्यान्सर विरामीका कुरुवाहरु, ट्रमाका उपत्यका बाहिरवाट आएका विपन्न विरामीका कुरुवा र विरामीहरु गरी १५० जना, कान्ती र टिचिङ अस्पतालका क्यान्सरका ५० जना र गंगालाल अस्पतालका विरामी र कुरुवा गरी १५० जनालाई दैनिक रुपमा साँझको खाना निःशुल्क व्यवस्था गरेको बताउनु भयो । अध्यक्ष तुलसी श्रेष्ठले साहयोगी भावना भएका नेपालीहरुको सहयोगले नै यो अभियान संचालन गरेको बताउनु भएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article