19.3 C
Kirtipur
Tuesday, September 16, 2025

नेवाः देय् दबू महालक्ष्मी नगरको दोस्रो अधिवेशन सम्पन्न

Must read


नेवाःहरुको राष्ट्रिय साझा संगठन नेवाः देय् दबू महालक्ष्मी नगर समितिको दोस्रो अधिवेशन पुष १० गते बुधावरको दिनमा सम्पन्न भयो । ललितपुर जिल्ला अन्तर्गत पर्ने महालक्ष्मी नगर समितिको पाँचौ स्थापना दिवस एवं दोस्रो महाधिवेशन ऐतिहासिक नेवाः वस्ती थसिमा सम्पन्न भएको हो । नेवाः देय् दबू महालक्ष्मी नगर समितिका अध्यक्ष विजय महर्जनको अध्यक्षतामा भएको उक्त अधिवेशनले सर्वसम्मतवाट नगर समितिको अध्यक्षमा कृष्ण महर्जनलाई चयन गरेको छ । त्यसै गरि बरिष्ठ उपाध्यक्षमा सुदन ताम्राकार, उपाध्यक्षमा मनोज महर्जन र महिला उपाध्यक्षमा रामदेवी महर्जन पनि सर्व सम्मतवाट चयन भएका छन् । त्यसै गरि सचिवमा मनोज महर्जन र महिल सचिवमा सृजना सिं डंगोल, कोषध्यक्षमा सविना महर्जन साथै सदस्यहरुमा मनोज नगरकोटी, भुवन श्रेष्ठ, मुकुल श्रेष्ठ, उर्मिला महर्जन, सिद्धि कुमारी महजृन, निशान महजृन, कमला महर्जन, गीता महर्जन र एलेन महर्जन पनि सर्वसम्मतमा चयन भएको छ । उक्त समितिको संरक्षकको रुपमा निर्वतमान अध्यक्ष विजय महर्जनलाई चयन गरेको छ ।
महालक्ष्मी नगर समितिको अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले नेवाः एकताका लागि नै नेवाः देय् दबू भएको बताउदै नेवाः देय् दबूको महत्वको बारेमा स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका सचिवालय सदस्य एवं अधिवक्ता नरेश श्रेष्ठ, ललितपुर जिल्ला अध्यक्ष रविन्द्र शाक्य, ललितपुर जिल्लाका पूर्व अध्यक्ष हेराकाजि महर्जन, ललितपुर महानगरपालिकाका अध्यक्ष बुद्धरत्न शाक्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा एनपिएल क्रिकेट खेलमा उत्कृष्ट खेलाडी भएका स्थानीय खेलाडी सुमित महर्जन र अष्ट्रियामा भएको विश्व कराँते खेलमा स्वर्ण पदक जितेका स्थानीय खेलाडी यनोज महर्जनलाई सम्मान पत्र पनि प्रददान गरेको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article