22.2 C
Kirtipur
Tuesday, September 16, 2025

त्यःछिंत्यः कार्यक्रममा मेयर डंगोललाई सम्मान

Must read

तालतन्त्र दफा मुना खलःको आयोजनामा गत शनिवार कीर्तिपुरमा भएको त्यःछिंत्यः कार्यक्रममा कीर्तिपुरका नव निर्वाचित मेयर कृष्णमान डंगोललाई सम्मान गरेको छ । बाघभैर स्थानको प्रजा दबलिमा भएको उक्त कार्यक्र तालतन्त्र दाफा मुनाका अध्यक्ष ज्ञानी महर्जनको अध्यक्षतामा भएको थियो । यःमरी पुन्हिको उपलक्ष्यमा कीर्तिपुरका विभिन्न टोल टोलमा आयोजना गर्दै आएको त्यःछिंत्यः कार्यक्रमको समापन कार्यक्रममा मेयर डंगोललाई सम्मान गरिएको हो । कार्यक्रममा मेयर डंगोलले कीर्तिपुरको कला, संस्कृति र सम्पदाका लागि आफूले दुई बर्षको कार्यकालमा सक्ने सम्मको काम गर्ने बचन दिनु भएको थियो । कार्यक्रममा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष एवं पत्रकार श्रीकृष्ण महर्जन नेवाःले यःमरीको महत्व र त्यःछिंत्यः गीतको बारेमा प्रस्त पार्दै कीर्तिपुरको संस्कृतिका लागि कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्र सम्वन्धि ऐन लागू गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघ कीर्तिपुरका अध्यक्ष राज्यलक्ष्मी शाक्यले स्थानीय रोजगारलाई प्राथमिता दिदै जानुपर्ने बताउनु भयो । लोककवि राजभाई जकःमिले कविता बाचन गर्नु भएको उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सुविन्द्र महर्जन, संस्कृतिविद् प्रयागमान प्रधान, संगीतकर्मीहरु गुजे मालाकार, न्हुच्छे दर्शनधारी, वीरप्रसाद भनसारी, ज्ञानेश्वर निभाः लगायत अतिथिको रुपमा सहभागी भएका थिए भने संचारकर्मी ललेन्द्र शाक्यले संचालन गनुए भएको कार्यक्रममा कीर्तिपुर र विभिन्न स्थानका कलाकारहरुले आ आफ्नो प्रस्तूती गरेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article