क्रिसमसको अवसरमा विश्व नेपाली एण्ड द ब्याण्ड कन्सर्ट क्रिसमस ईभ हुने भएको छ ।
२४ डिसेम्बर (पुस ९ गते) मंगलबार कीर्तिपुर नगरपालिका ३ वडास्थित पालिफल बिस्ट्रो लञ्जमा सन्ध्याको ५ः३० बजे हुने उक्त कन्सर्ट कार्यक्रम डाब्स इभेन्ट्सको प्रस्तुति रहेको छ ।
आयुष्मा खत्रीले संचालन गरिने उक्त कन्सर्टमा लाईभ डिजे म्यूजिक पनि हुने जानकारी आयोजकले दिएको छ ।
कीर्तिपुर निवासी चर्चित गायक विश्व नेपाली संगीत घरानाका गायक हुन् । विश्व नेपाली लोक संगीत जगतका प्रख्यात संगीतज्ञ स्वर्गीय रामशरण नेपालीका नाती हुन् । यस्तै विश्व नेपाली चर्चित सारंगी बादक श्याम नेपालीका भाई हुन् भने चर्चित गायक प्रिजोल नेपाली एवं संगीतकर्मी प्रिन्स नेपाली एवं कुटुम्ब ब्याण्डका सारंगी बादक किरण नेपालीका दाई हुन् ।
क्रिसमस ईभ पुस ९ गते : विश्व नेपाली एण्ड द ब्याण्डको कन्सर्ट पालिफल बिस्ट्रो लञ्जमा
