17 C
Kirtipur
Friday, October 31, 2025

नेपाल-भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेल्दै

Must read

काठमाडौं । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि प्रारम्भिक टोली घोषणा गरिएको छ। राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार मैत्रीपूर्ण खेलका लागि ४३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। राष्ट्रिय महिला टोलीको प्रशिक्षण मंगलबारदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरू हुँदैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा थापालाई नियुक्त गरेको थियो। थापा नेपाली राष्ट्रिय टोलीका पूर्वमिडफिल्डर हुन्। उनले विभागीय टोली नेपाल पुलिसलाई प्रशिक्षण दिँदै आएका छन्।

टोलीका सहायक प्रशिक्षकमा गंगा गुरुङ र गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा नियुक्त भएका छन्।

मैत्रीपूर्ण खेलको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरिएको छ। राष्ट्रिय महिला टोलीले घरेलु टोली भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ। तर, मिति भने तय भइसकेको छैन।

प्रारम्भिक टोलीः अमिषा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइबा, अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, अनुष्का शेर्पा, विमला विक, विमला चौधरी, चन्द्र भण्डारी, दिपा न्यौपाने, दिपा शाही, गहिम कुमारी, गौतम कुमारी, गीता राणा, हिमा चौधरी, हीराकुमारी भुजेल, कविता विक, कविता धिमाल, खुस्मा राई, कुसुम खतिवडा, मनिका कुस्वार, मञ्जलीकुमारी योञ्जन, मेनुका आले मगर, निर्मला विक, निशा ठोकर, प्रीति राई, रश्मीकुमारी घिसिङ, रेणुका नगरकोटी, सविता राना मगर, सावित्रा भण्डारी, समीक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती ऐयर, सरू लिम्बु, सिर्जना चेम्जोङ, सिर्जना सिंह ठकुरी, सुनिता चौधरी, उषा नाथ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article