काठमाडौं । सरकारले विदेशमा भएका नेपालीहरुलाई मताधिकार दिनेगरी अध्यादेश ल्याउन गृहकार्य थालेको छ ।
विदेशमा भएका नेपाली नागरिकलाई मताधिकार दिनेगरी कानूनी प्रबन्ध गर्न केही निर्वाचन सम्बन्धी कानून संशोधन सम्बन्धी अध्यादेशको मस्यौदा तयार भएको छ । यस विषयमा गृह मन्त्रालयले निर्वाचन आयोगसँग छलफल गर्ने तयारी रहेको छ ।
मतदाता नामावलीमा नाम भएका र विदेशमा भएका नेपालीहरुलाई मतदानको अधिकार प्रदान गर्ने गरी मस्यौदा तयार भएको छ ।
सर्वोच्च अदालतले यसअघि नै विदेशमा भएका नेपालीहरुले मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सरकारको नाममा आदेश जारी गरिसकेको छ ।





