काठमाडौं । असल पोषण आहार स्वस्थ्य जिवनको आधार ’’भन्ने मुल नाराका साथ नेपाल डाइटिसियन एसोसियसनको आयोजना नेवा: मिसा दबू टोखा नगर कमीटीको व्यवस्थापन र टोखा नगरपालिका वडा नं. ३ को सहयोगमा आयोजित पोषण शिविर तथा स्वास्थ्य जीवनको लागि सुपोषण सचेतना मुलक कार्यक्रम भाद्र २५ गते शनिवार सम्पन्न भएको छ ।
कार्यक्रममा अतिथि रूपका समाजसेवी मनिराज डंगोल वडा सदस्य शान्ता राई र हरिकृष्ण श्रेष्ठ उपस्थित भएकाे थियाे । प्रमुख अतिथि निवर्तमान उपप्रधान तथा रक्षामन्त्री माननीय ईश्वर पोखरेलले हामीहरु खाना खान नपाएर भन्दा पनि खाना खान नजानेर बिमारी परिरहेको धारणा राखेका थिए।
वर्तमान अवस्थामा टोखाकै सान टोखाको पहिलो नर्स हिरादेवी डंगोल नेपाली दाजुभाइहरुको स्वास्थ्यलाई ख्यालमा राखी आयोजना गर्नु भएको कार्यक्रमा सम्पुर्ण टोखाबासीहरुलई सेवा सुविधा लिन अनुरोध गरेको थियो । आफुले पनि स्वास्थ्य सम्बन्धी ज्ञान हासिल गर्न पाउदा खुशी लागेको व्यक्त गर्नुभयो ।
विषेश अतिथि रमेश डंगोलले स्वस्थ्य जिवन र देश बिकासको लागि पौष्टिक आहारको महत्वपूर्ण भुमिका हुने जनाउनुभयो ।
कार्यक्रमका संयोजक एवम् नेवा: मिसा दबू टोखा नगर कमिटीका अध्यक्ष सुमिता महर्जनले मानव जीवनसंग प्रत्यक्ष्य सरोकार राख्ने पोषण शिविर कार्यक्रमको व्यवस्थापन गर्ने अवसर दिनुभएकोमा डाइटिसियन एसोसियसन नेपाललाई धन्यवाद दिदै उल्लासमय रुपमा कार्यक्रम सफलता परिदिनु भएकोमा आमाबुबा दाजुभाई तथा दिदी बहिनीहरुले हासिल गर्नु भएका ज्ञानलाई दैनिक व्यवहासिक जीवनमा अवलम्बन गर्दै स्वस्थ्य संयोजक एवम् नेवा: मिसा दबू टोखा नगर कमिटीका अध्यक्ष सुमिता महर्जनले मानव जीवनसंग प्रत्यक्ष्य सरोकार राख्ने पोषण शिविर कार्यक्रमको व्यवस्थापन गर्ने अवसर दिनुभएकोमा डाइटिसियन एसोसियसन नेपाललाई धन्यवाद दिदै उल्लासमय रुपमा कार्यक्रम सफलता परिदिनु भएकोमा आमाबुबा दाजुभाई तथा दिदी बहिनीहरुले हासिल गर्नु भएका ज्ञानलाई दैनिक व्यवहासिक जीवनमा अवलम्बन गर्दै स्वस्थ्य गर्दै स्वस्थ्य जीवनयापनमा अग्रसर हुन आग्रह गर्दै आगामी दिनहरुमा पनि मानव जीवनसंग सम्बन्धित समय सापेक्ष विभिन्न स्वास्थ्य संस्थाहरुसँग सहकार्यमा कार्यक्रम गर्दै जाने धारणा राखिन् ।
कार्यक्रममा नेपाल डाइटिसियन एसोसियसनको तर्फबाट हिरादेवी डंगोलले आगामी दिनहरुमा मानव स्वास्थ्यसंग प्रत्यक्ष्य सरोकार राख्ने कार्यक्रमहरु गर्दै जाने बाचा गरी कार्यक्रम सफल पार्न अहोरात्र खट्नु भएका नेवा: मिसा दबूका सम्पूर्ण पदाधिकारीहरु, टाेखा नगरपालिका वडा नं. ३ लाइ विशेष धन्यवाद दिदै कार्यक्रम आयोजना गराएकोमा सरश्वती माध्यामिक विद्यालयलाई धन्यवाद टक्राइन् ।
सो कर्यक्रममा शरीर जाँच अन्तर्गत प्रेसर, सुगर,उचाई, बिएमआइ, बाेसाे जाँचसमेत गरिनुका साथै डा.रविनलाल श्रेष्ठ, डा.बिकास श्रेष्ठ, डाइतिसियन नेपालका अध्यक्ष्य नानीसोभा शाक्य र हिरादेवी डंगोलले छुटाछुटै विषयमा सेमीनार सेसन सञ्चालन गर्नु भएको थियो ।