22.2 C
Kirtipur
Tuesday, September 16, 2025

एनआईसी एशियाद्वारा अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवा शुरू

Must read

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवा शुरू गरेको छ । बैंकमा अनलाइन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकले भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रूपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

बैंकको वेबसाइटमार्फत अनलाइनबाट खाता खोल्दा केवाईसी विवरण भर्ने सम्बन्धमा दुई विकल्प राखिएको बैंकले बताएको छ, जसमा ग्राहकले आफ्नो केवाईसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्बन्धित बैंक कर्मचारीसँग भिडियो कल गरी केवाईसी विवरण अद्यावधिक गर्ने विकल्प रहेको जानकारी बैंकले दिएको छ । बैंकले मुलुकभर रहेका ३५९ शाखा, ४७३ एटीएम, १०२ ओटा विस्तारित काउन्टर र ८१ ओटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article