ललितपुर । नेवाः देय् दबू महालक्ष्मी नगर समितिको सहयोग, नेपाल स्वयं सेवी रक्तदाता समाज र ओम हेल्थ केयरको आयोजनामा विश्व क्यान्सर दिवशको उपलक्ष्यमा महालक्ष्मी प्र.पा-६ सिद्धिपुर थसिमा क्यान्सर सम्वन्धी जनचेतना र अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
सो कार्यक्रममा हरसिद्धि क्यान्सरका अस्पतालका वरिष्ठ क्यान्सर विशेषज्ञ डा. कपेन्द्र क्यान्सर सम्बन्धी भ्रम र यर्थाथबारे परामर्श दिनुभयो । साथै दैनिक जीवन शैलीको परिवर्तनले क्यान्सर रोकथाम गर्न सकिने लगायत र खानपान नेपालमा क्यान्सर सम्बन्धी अत्याधुनिक प्रबिधि र क्यान्सर सम्बन्धी दक्ष जनशक्ति (Highly expert) 5 भइसकेको जानकारी गराउनु भयो ।
महालक्ष्मी नगरपालिका वडा न. ६ सिद्विपुर थसिका वडा अध्यक्ष धर्म महर्जनले यस किसिमको कार्यक्रम राम्रो र सराहनिय भएको र फेरी पनि यस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू वडावासीलाई निरन्तर गरिरहनु पर्नेमा जाेड दिएका थिए । आयोजक नगर अध्यक्ष बिजयकुमार महर्जनलाई दिदै भविष्यमा जानकारी सहकार्य गरी शिविरहरू सन्चालन गर्दै सन्चालन गर्दै जाने जाने जानकारी दिनुभयाे ।