20 C
Kirtipur
Thursday, November 20, 2025

एमाले अध्यक्ष ओलीले माग गरे दुर्गा प्रसाईंलाई तुरुन्तै रिहा गर्न

Must read

काठमाडौं ।

दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग माग गरेका छन् । ओलीले बोलेकै भरमा प्रसाईंलाई पक्राउ गरिएको भन्दै विरोध जनाएका छन् । गत बुधबार काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले यस्तो माग गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले धेरै धाक र धक्कु लगाउने गरेको भन्दै आलोचना गरेका छन् । उनले भनेका छन्, ‘दुर्गा प्रसाईंले एउटा भिडिओ निकालिदिए, दिउँसो भिडिओ निस्कियो, मध्यरातमा गएर समातिए, म सोध्न चाहन्छु कि यो सरकारसँग त्यस भिडिओको जवाफ छ कि छैन ? दुर्गा प्रसाईलाई दिने जवाफ प्रधानमन्त्रीसँग छ कि छैन ? गृहमन्त्रीसँग छ कि छैन ? यत्तिकै पुलिस पठाएर समातेर समस्याको समाधान हुन्छ ? दुर्गा प्रसाईंले सोध्दैनन् होला त्यसको जवाफ, अरुले त देशभरिका जनताले त सोध्छन् नि । एआई त होईन होला ? अनि ? प्रश्न उठायो कसैले, भएकै भिडिओ त देखायो, त्यस प्रश्नको जवाफ दिनु पर्दैन ? यतिसारो तपाईंहरुको ताउरमाउर किन थियो ? दुनियाँ शोक र पीरमा बसेको बेलामा तपाईंहरु त षड्यन्त्रको तानावाना बुन्दै हुनुहुँदो रहेछ, गिरफ्तार गरेर समस्याको समाधान गर्नुहोस् । म सरकारलाई भन्न चाहन्छु कि दुर्गा प्रसाईंलाई तुरुन्तै छोड्नु होस् । बोल्नै नपाईने पनि हुन्छ ? मानवअधिकार आयोगले भनिसकेको छ, बोलेवापत थुन्नु हुँदैन ।’ भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले प्रसाईंको बचाऊ समेत गरेका थिए । पक्राउ पर्नुअघि अघिल्लो दिन प्रसाईंले पत्रकार सम्मेलनमार्फत वर्तमान सरकारको भण्डाफोर गरेका थिए । प्रसाईंले एउटा भिडिओ समेत सार्वजनिक गरेका थिए । जहाँ प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालको जेनजी आन्दोलनको क्रमको भूमिकामाथि प्रश्न उठाईएको थियो । उक्त भिडिओलाई लिएर समेत ओलीले बचाऊ गरे । प्रसाईंले भएकै कुरा भिडिओमा देखाएको भन्दै ओलीले बचाऊ गरेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article