20 C
Kirtipur
Wednesday, November 19, 2025

बाराको सिमरामा कर्फ्यू !!!

Must read


जनकपुरधाम ।

बारा जिल्लाको सिमरामा जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा भएको झडपपछि स्थिति भड्किन नदिन स्थानीय प्रशासनले कर्फ्यू आदेश दिएको हो ।

गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२ः३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेन–जी युवाबीच झडप भएको हो । सिमरा एयरपोर्टमा जेन–जीले विरोधको कार्यक्रम गरिराख्दा युवा संघका कार्यकर्तासँग भनाभन भएको थियो । त्यस क्रममा प्रहरी र जेन–जीबीच झडप भएको हो । झडपका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

आज बुधबार युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेशस्तरीय कार्यक्रम आयोजन गरेको हो । कार्यक्रम सम्बोधन गर्नका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता महेश बस्नेत आउन लागेका हुन् । उनीहरूलाई रोक्न जेन–जी युवाहरू सक्रिय भएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article