काठमाडौं ।
चैत्र १५ गतेको आन्दोलनमा परी दिवंगत भएका एभिन्यूजका पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई अन्तरिम सरकारले रोजगारी दिएको छ ।
पत्रकार रजककी श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण कोषमा रोजगारी दिइएको हो ।
अन्तरिम सरकारका सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले सुजन मगियालाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृत पदमा नियुक्ति दिएको छ । सो क्रममा पत्रकार रजककी श्रीमती मगिया भावुक बनेकी थिइन् ।
पत्रकार सुरेश रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनको क्रममा ज्यान गएको थियो ।





