13 C
Kirtipur
Wednesday, November 19, 2025

प्रचण्डले छोडे, विप्लबले बोके : “माओवादी”

Must read

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट नाम परिवर्तन गरेर अब नेकपा (माओवादी) नाम राख्ने निर्णय भएको बताइएको छ । विप्लव नेतृत्वको नेकपाले निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा दल दर्ता गराएको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आज मंगलबार आयोगबाट दल दर्ताको प्रमाणपत्र पाइसकेको छ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दल दर्ताको प्रमाणपत्र दिएका हुन् । विप्लव नेतृत्वको नेकपा (माओवादी) ले ‘गुलाफको फूल’ चुनाव चिन्ह पाएको छ । माओवादी सशस्त्र संघर्षपछि २०७०, २०७४ र २०७९ मा भएका निर्वाचन बाहिस्कार गरेको विप्लवले पहिलो पटक निर्वाचनमा भाग लिन लागेका हुन् । यता माओवादी सशस्त्र संघर्षको नेतृत्व गरेका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिष्ट पार्टी राखेका छन् । नेकपा (एमाले) सँग चोइटिएर बनेको दल नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्रलगायतका कम्युनिष्ट घटकहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको हो । प्रचण्डले सशस्त्र संघर्षको सन्दर्भमा माओवादीमाथि लाग्ने गरेको आरोपलाई सुन्न नचाहेर नाम परिवर्तन गरेको भनी टिप्पणी भइराखेको बेलामा विप्लवले आफ्नो पार्टीमा माओवादी नामलाई स्थान दिएका हुन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article