13 C
Kirtipur
Wednesday, November 19, 2025

नेपाल औषधी लिमिटेड : नौ प्रकारका औषधी उत्पादन गर्नेे तयारीमा

Must read


काठमाडौं ।

नौ प्रकारका औषधी उत्पादनको तयारीमा नेपाल औषधी लिमिटेडले पाईला चालेको छ ।

नेपाल औषधी लिमिटेड ती औषधीको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ ।

उक्त नेपाल औषधी लिमिटेडले जुका, मधुमेह, उच्च रक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधीको उत्पादनको तयारी गरेको हो ।

ती औषधीको परीक्षण सकेर अर्को महिनादेखि उत्पादनका लागि औषधी व्यवस्थापन विभागबाट अनुमतिपत्र लिएर उत्पादन सुरु गर्ने लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिएका छन् । यसअघि नेपाल औषधी लिमिटेडले ११ प्रकारका औषधी उत्पादन गर्दै आइरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article