काठमाडौं । सुडानको अल–फशर शहर कब्जापछि ‘¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का लडाकुले सयौं नागरिकको हत्या गरेको विश्व स्वास्थ्य संगठन ( डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओका प्रमुख टेड्रोस गेब्रेयेससले शहरको मुख्य मुख्य अस्पताल प्रवेश गरेर आरएसएफका लडाकुले सयौं आम नागरिकको हत्या गरेको बताएका हुन् । ‘अल–फशर अस्पतालमा ४६० जनाको हत्याको खबरले स्तब्ध र अत्यन्तै दुःखी छु’, उनले भनेका छन् ।
यसअघि सुडानको ‘डक्टर्स नेटवर्क’ ले मंगलवार आरएसएफका लडाकुबाट अस्पतालमा रहेका नागरिकको विभत्स हत्या भएको जनाएको थियो । नेटवर्कले हत्या गरिएको नागरिकको संख्या भने खुलाएको थिएन । सुडान डाक्टर्स नेटवर्कले आरएसएफमाथि चार चिकित्सकसहित छ स्वास्थ्यकर्मीको अपहरण गरेको आरोप लगाएको छद । सुडानको दक्षिणी दार्पmुरको राजधानी अल–फशर शहर आरएसएफविरूद्ध उभिएको थियोे ।
४५० भन्दा बढी नागरिकको हत्या भो सुडानको अल–फशरमा
 
                                    




