24.5 C
Kirtipur
Tuesday, September 16, 2025

बागमती प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीको स्वकीय सचिवमार्फत राजीनामा

Must read

हेटौंडा – बागमती प्रदेश प्रमुख कार्यालयमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको राजीनामा पत्र पुगेको छ ।

मुख्यमन्त्री तामाङका स्वकीय सचिव छत्र लामाले बागमती प्रदेश प्रमुख कार्यालयमा पुगेर सोमबार राजीनामा पत्र बुझाएका छन् ।

मुख्यमन्त्री तामाङका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजिनामा पत्र बुझाएका हुन् ।

बिरामी भएर काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा हेटौंडा आइसकेका छन् ।

मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले हिजो आइतबार राजीनामा दिने घोषणा गरेका हुन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article