19.3 C
Kirtipur
Tuesday, September 16, 2025

इन्द्र बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारमा एमालेका मन्त्रीहरु

Must read

हेटौंडा – नेपाली कांग्रेसका इन्द्र बहादुर बानियाँ नेतृत्वमा बन्ने बागमती प्रदेशको नयाँ सरकारमा नेकपा एमालेले पठाउने मन्त्रीहरुको टुंगो लगाएको छ ।

नेकपा एमालेले पार्टीको भागबण्डामा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाएको हो । जसमा एक जना दोहोरिएका छन् भने पाँच जना नयाँलाई पठाउने भएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापा मगर रहेका छन् । थापा मगर सोही मन्त्रालयको जिम्मेवारीमा दोहोरिने भएका हुन् ।

नेकपा एमालेले श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरणमन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका डा. दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा काठमाडौंकै ‍विन्दु श्रेष्ठको नाम टुंग्याएको हो ।

नेपाली कांग्रेसका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राजीनामा दिएपछि आज मंगलबार नेपाली कांग्रेसकै इन्द्र बहादुर बानियाँ मुख्यमन्त्री बन्दैछन् ।

नेपाली कांग्रेस दलको नेताको हैसियत गुमाएपछि बहादुर सिंहले पार्टीको दबाबमा राजीनामा दिएका थिए । उनले राजीनामा दिनुअघि नै बानियाँ दलको नेता चयन भइसकेका हुन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article