हेटौंडा – नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका छन् ।
आज सोमबार दिउँसो बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि बागमती प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो । प्रदेश प्रमुख कार्यालयको आह्वान लगत्तै इन्द्र बहादुर बानियाँले बागमती प्रदेश मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका हुन् ।