19.3 C
Kirtipur
Wednesday, September 17, 2025

कीर्तिपुरका मेयर डंगोलको पदबहाली भएको ६ महिना भित्रै विष्णुदेवी अस्पतालमा २४ सै घण्टा सेवा

Must read

जेठ २० गते
कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले चुनावको क्रममा आफूले पदबाहाली गरेको ६ महिना भित्र नै कीर्तिपुरको विष्णुदेवी अस्पतालमा २४ सैं घण्टाको सेवा सुरु गर्ने भनी घोषणा गरे अनुसार नै उहाको नेतृतवमा विष्णुदेवाी अस्पतालमा २४ घण्टे आकस्मिक सेवा जेठ २० गते मंगलवारवाट शुरु भएको छ ।
०८१ मंसिर १६ मा भएको उपनिर्वाचनबाट कीर्तिपुरको मेयरमा निर्वाचित कृष्णमान डंगोलले विष्णुदेवी अस्पतालको विषय आफ्नो चुनावी एजेण्डानै बनाएका थिए । जिल्लास्तरको अस्पतालको रुपमा विकास हुनुपर्ने कीर्तिपुरस्थित विष्णुदेवी अस्पताल पर्याप्त भौतिक पूर्वाधार संरचनाको अभावमा सरकारको अनुदान सहयोग, स्रोत, साधन र सुविधामा कमि रहेको थियो ।
०७३ सालयता स्थानीय तहलाई हस्तान्तरण गरिएपनि विष्णुदेवी अस्पतालले उचित प्राथमिकता पाउन सकेको थिएन । नेपाली कांग्रेसबाट कीर्तिपुरको नगर प्रमुख बनेका कृष्णमान डंगोलले पदबहालीका दिन विष्णुदेवी अस्पताललाई स्तरोन्नति गर्दै ६ महिनाभित्र सेवा विस्तारका साथ २४ घन्टा आकस्मिक सेवा सुचारु गर्ने घोषणा गरेका थिए । उहाँले मंसिर २० गते मेयरको पदभार ग्रहण गरेका डंगोलले आज मंगवार जेठ २० गतेकै दिन एक समारोहका बीच २४ घन्ट आकस्मिक प्राथमिक स्वास्थ्य सेवा शुभारम्भको घोषणा गरेका छन् । घोषणासंगै अस्पतालको विकास र सम्भावनाको खोजीमा दृढरुपमा अघि बढेका मेयर डंगोलले चुनावका बेला जनतासामु आफूले गरेका प्रतिबद्धता पूरा नहुने डरले आफ्नै अध्यक्षतामा अस्पताल ब्यवस्थापन समिति गठन गरेका छन् । मेयर एवं अस्पताल व्यवस्थापन समितिका अधयक्ष डंगोलकै अध्यक्षतामा सम्पन्न समारोहमा उहाँले विष्णुदेवी अस्पतालको पूर्वाधार विकाससंगै थप सेवा पनि विस्तार गर्दै साउनको दोस्रो हप्तासम्म भब्य उद्घाटन गर्ने लक्ष्य राखेको बताए । शुभारम्भ घोषणा समारोहमा उप–प्रमुख शुभलक्ष्मी शाक्य, अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. अरुण गौतम र स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धरले मन्तब्य राखेका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम दत्त भट्ट, शाखा प्रमुख, कर्मचारी, स्वास्थ्यकर्मी तथा संघ, संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article