जेठ २१ गते
बुंगद्यः अर्थात रातो मच्छिन्द्रनाथको मूर्ति ललितपुरमा जात्रा सम्पन्न पछि बुंगमतीमा लगेको चौथो दिनमा प्यन्हु बिचाः जाने चलन रहेको छ । अन्नको देवता, सहकालको देवता र वर्षको देवताको रुपमा पनि लिने गरिएको पद्मपाणी लोकेश्वर करुणामय बुंगद्यःको प्यन्हु बिचाः संस्कृति अन्तर्गत जेठ २१ गते बुधवारका दिनमा बुंगमतीमा हजारौं हजार भक्तजनहरु सहभागी भए ।
२०७२ सालको महाभूकम्पवाट पूर्ण रुपमा क्षति भएको बुंगमतीमा हरको बुंगद्यःको मन्दिर यसपालिका पुनः निर्माण सम्पन्न भएको थियो । ९ बर्ष सम्म बुंगद्यः अर्कै मन्दिर जस्तो बनाई राखेको थियो भने यस बर्ष १० औं बर्षमा भने पुनः निर्माण गरिएको मन्दिरमा राखेको थियो । यस बर्ष प्यन्हु बिचाः जानेहरुको हजारौं हजार देखिएको छ । प्यन्हु बिचाः जाने नाममा मूल रुपमा पुनः निर्माण भएको आकर्षक मन्दिर कस्तो छ भनी हेर्न गएको पाइन्छ । आकर्षक रुपमा पुनः निर्माण गरिएको उक्त मन्दिरसंग सेल्फी खिच्नेहरु कम छैन ।
श्री रातो मच्छिन्द्रनाथ पुनः निर्माण उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले कीर्तिअनलाइनसंग कुरा गर्दै पुनः निर्माणका लागि ३ करोड ८ लाख ६९ हजार रुपैंयाको स्तिमेट भएतापनि हालसम्म २ करोड ४३ लाख रुपैंया आइसकेको बताउनु भयो । अव केहि निर्माण भने बाकी रहेको बताउदै उहाँले २०७७ साल असार १५ गते सम्झौता भएको समेत बताउनु भयो ।
पुनः निर्माण गरिएको मन्दिर हेर्न प्यन्हु बिचाःमा हजारौं सहभागी
