21 C
Kirtipur
Monday, July 7, 2025

श्री हल्चोक आकाश भैरवको १२ बर्षे जात्रा समापन

Must read

काठमाण्डौ उपत्यकाका विभिन्न जात्रा पर्वहरु मध्ये मौलिक किसिको श्री हल्चोक आकाश भैरवको जात्राको औपचारिक रुपमा समापन भएको छ । जेठ १७ गते हल्चोकमा नै औपचारिक कार्यक्रम गरि जात्रासंग सम्वन्धित विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै प्रसाद ग्रहण कार्यक्रम गरि जात्रा समापन गरिएको थियो ।
२०८२ साल बैशाख १ गतेदेखि ३१ गते सम्म एक महिना सम्म संचालन भएको श्री हल्चोक आकाश भैरको १२ बर्षे जात्रा सभ्य र भब्य रुपमा सम्पन्न भएको आयोजकहरुले बताएका छन् । श्री हल्चोक आकाश भैरव समाज, श्री हल्चोक आकाश भैरव गुथिको संयुक्त आयोजनमा भएको कार्यक्रममा देवगण भई नाँच प्रस्तूति गर्ने, बाजा बजाउने, गीत गाउनेदेखि विभिन्न समितिमा बसी सहयोग गरेका र प्रचार प्रसारका लागि भूमिका निर्वाह गरेका संचार संस्थादेखि संचारकर्मीहरुलाई पनि कृतज्ञता पत्र प्रदान गरेको थियो । कार्यक्रममा कीर्तिअलनलाईनका अध्यक्ष एवं क्यामरा पर्सन प्रताप महर्जनलाई पनि कृतज्ञतापत्र प्रदान गरेको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article