काठमाडौं ।
आज आइतबारदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आयल निगमले समायोजन गरेको पेट्रोल, डिजेल र मट्टीतेलको नयाँ मूल्य अनुसार आज आइतबारदेखि पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले बढेको छ । नेपाल आयल निगमका अनुसार भारतबाट पेट्रोलमा २.५४ रुपैयाँ र डिजेलमा ६.५३ रुपैयाँ मूल्य वृद्धि भएर आएको हुँदा त्यस अनुसार आन्तरिक मूल्य बढाइएको हो । मूल्य परिवर्तनपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल एवं मट्टीतेल प्रतिलिटर १४७ रुपैयाँ पुगेको छ ।





