22.2 C
Kirtipur
Tuesday, September 16, 2025

धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा : समर्थकहरुको भीड

Must read


काठमाडौं – अहिले काठमाडौंमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आइपुगेका छन् ।

आज सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका धरानका मेयर साम्पाङलाई स्वागत गर्न हजारौं हजार समर्थकहरुको भीड लागेको थियो ।

हर्क साम्पाङलाई समर्थकहरूले विमानस्थल गेटबाटै जुलुससहित स्वागत गरेका थिए । यसअघि पनि उनी काठमाडौं आउँदा समर्थकहरू उनका वरपर बाक्लो संख्यामा उपस्थित भएका थिए ।

साम्पाङ कहिले धरानमा पानी चाहियो भनेर गाग्रो बोकेर फिब्व ख्यः माइती मण्डलामा प्रदर्शन गर्न काठमाडौं आइपुग्छन् त कहिले एक्लै उभिएर प्रदर्शन गरिरहेका हुन्छन् ।

प्रायजसोः हर्क साम्पाङका गतिविधिहरूमा काठमाडौंमा उल्लेख्य संख्यामा समर्थकहरु उपस्थित हुने गर्छन् । मेयर साम्पाङले आफ्ना समर्थकलाई भेट्न चाहेको उनको सचिवालयले बताएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article