24.5 C
Kirtipur
Tuesday, September 16, 2025

फस्र्ट स्टेप प्रि–लर्निङ स्कूलको आयोजनामा “अन्तर मोन्टेसरी स्कूल नृत्य प्रतियोगिता” हुने

Must read

–ललेन्द्र शाक्य

कीर्तिपुर– विजयादशमी २०८२ को शुभ अवसरमा “अन्तर मोन्टेसरी स्कूल नृत्य प्रतियोगिता” हुने भएको छ । कीर्तिपुरको ट्यांगलाफाँटस्थित फस्र्ट स्टेप प्रि–लर्निङ स्कूलले कीर्तिपुर नगरपालिकाका १ देखि १० वडाभित्र रहेका मोन्टेसरी स्कूलहरुबीच प्रतियोगितात्मक नृत्य प्रतियोगिताको आयोजना गर्न लागेको हो । आयोजक उक्त फस्र्ट स्टेप प्रि–लर्निङ स्कूलका इञ्चार्ज देबेन्द्र महर्जनका अनुसार “अन्तर मोन्टेसरी स्कूल नृत्य प्रतियोगिता” २०८२ असोज ४ गते हुनेछ । “अन्तर मोन्टेसरी स्कूल नृत्य प्रतियोगिता” मा सहभागिताका लागि कीर्तिपुर नगरपालिकाभित्रका सम्पूर्ण मोन्टेसरी स्कूलहरुलाई आयोजक फस्र्ट स्टेप प्रि–लर्निङ स्कूलले आह्वान गरेको छ । केही बर्ष अगाडिदेखि उक्त स्कूलले स्कूलभित्रका विद्यार्थी एवं शिक्षिकाहरुबीच नृत्य प्रतियोगिता र प्रदर्शन गर्दै आइरहेको र यस वर्षको विजयादशमीको उपलक्ष्यमा कीर्तिपुर नगरपालिकाभित्रका मोन्टेसरी स्कूलहरुबीच “अन्तर मोन्टेसरी स्कूल नृत्य प्रतियोगिता” गर्न लागेको जानकारी पनि आयोजक स्कूल फस्र्ट स्टेप प्रि–लर्निङका इञ्चार्ज देवेन्द्र महर्जनले दिनुभयो । महर्जनले कीर्तिपुर नगरपालिकाभित्रका सम्पूर्ण मोन्टेसरी स्कूलहरुलाई उक्त “अन्तर मोन्टेसरी स्कूल नृत्य प्रतियोगिता” मा सहभागी हुन अनुरोध गर्नुभएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article