ललितपुर – ललितपुरमा केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा ती किशोरी बुधबार दिउँसो गएकी थिइन् ।
सोही क्रममा बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।
अहिले मृतक किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको छ । किशोरीको शव पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ । मृतक किशोरी पनि १८ वर्षकै रहेको प्रहरीले बताएको छ ।
ती केटा र मृतक किशोरीबीच प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीको ठम्याई रहेको छ ।